नागरिक बहुउद्देश्यीय सहकारीद्वारा सहकारी शिक्षा कार्यक्रम सम्पन्न

अर्घाखाँची । भुमिकास्थान नगरपालिका– १० धन्चौरमा रहेको नागरिक बहुउद्देश्य सहकारी संस्था लिमिटेडले सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको डिलाराम पाण्डेले जानकारी दिए ।

सो सहकारीमार्फत कृषिजन्य बस्तुको उत्पादन संकलन तथा बजारिकण साथै विभिन्न उद्देश्य लियर स्थापना भएको सहकारीमा एक सयभन्दा माथि शेयर सदस्यहरु रहेको सहकारीका सचिव नवीन घमले जानकारी दिए ।

सहकारी विभागबाट मान्यता प्राप्त सहकारी सहजकर्ता मदन गैरेले सहकारीको काम, कर्तव्य, अधिकार तथा सहकारी सञ्चालन गर्ने विधिको बारेमा जानकारी दिएका थिए । प्रशिक्षक गैरेले सहकारीमार्फत स्वरोजगार, आर्थिक विकास तथा स्थानीय बस्तुको उत्पादन तथा प्रवर्द्धन गर्नुपर्ने बताए ।

सहकारी शिक्षा कार्यक्रममा सहकारीका संस्थापक तारापती भट्टराई, भोजन गुरुङ, बामदेव गैरे, अर्जुन बुढामगर, सुधीर नेपाली लगायतले कार्यक्रम सफलताको सुभकामना व्यक्त गरेका थिए । कार्यक्रम सहकारीका अध्यक्ष सुभबहादुर समालको अध्यक्षता, डिलाराम पाण्डेको स्वागत मनतब्य र नवीन घमको सञ्चालमा सम्पन्न भएको हो ।

प्रतिक्रिया