पत्रकार हत्या प्रकरणमा संलग्न दोषीलाई राज्यले कारबाही नगरिरहेको प्रति तपाइंको भनाइ के छ ?

सशस्त्र द्वन्द्वको समयमा राज्य तथा गैरराज्य पक्षबाट हत्या, बेपत्ता, यातना तथा अपहरणजस्ता क्रियाकलापमा संलग्न सबै दोषीमाथि राज्यले छानबिन गर्नुपर्छ । पत्रकार डेकेन्द्र थापा हत्या प्रकरणमा संलग्न दोषीलाई पनि राज्यले आवश्यक छानबिन गरी विद्यमान कानुनबमोजिम कारबाही गरिरहेको छ । त्यसरी नै अन्य सबै घटनामा संलग्न दोषीमाथि छानबिन गरी वर्षौंदेखि न्यायको पर्खाइमा रहेका पीडित परिवारलाई राज्यले न्याय दिलाउनुपर्छ । विस्तृत शान्ति–सम्झौतामा सशस्त्र द्वन्द्वको समयमा भएका घटनाका सम्बन्धमा सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत आवश्यक छानबिन हुने भन्ने उल्लेख गरिए पनि ६ वर्ष भइसक्दा पनि आयोग गठन हुन सकिरहेका छैन । यसले गर्दा विगतको द्वन्द्वमा हत्या, बेपत्ता, अपहरण तथा यातना दिनेजस्ता गम्भीर मानवअधिकार उल्लंघनमा संलग्न दोषीमाथि छानबिन हुन सकिरहेको छैन । आयोगमार्फत नै यी सबै घटनाको छानबिन र अनुसन्धान गर्ने भए पनि छिटो आयोग गठन गरेर पीडकलाई दण्ड सजाय र पीडितलाई न्याय दिलाउनु राज्यको दायित्व हो । अब राज्यले द्वन्द्वकालमा भएका सबै घटनाका सम्बन्धमा एकमुष्ट रूपमा छानबिन अघि बढाउनुपर्छ । एउटा एउटा घटनालाई ल्याएर कारबाही गर्ने र अर्कोले सडकमा आएर विरोध गर्ने परिपाटी राम्रो होइन । गैरन्यायिक हत्यामा संलग्न दोषीलाई राज्यको कानुनबमोजिम कारबाही हुनै पर्छ ।

प्रतिक्रिया