कालिकोट । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय कालिकोटको जिल्लास्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०७९–०८० को प्रगति समीक्षा तथा आगामी आर्थिक वर्ष २०८०–०८१ गरिने क्रियाकलपाबारे जानकारी गराइएको छ उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय कालिकोटका निमित्त प्रमुख हरिशचन्द्र नेपालीले आर्थिक वर्ष २०७९–०८० मा गरेका मुख्य उपलब्धि तथा अन्य क्रियाकलापबारे प्रष्ट पारे ।
नेपालीका अनुसार निकासा भएको २ करोड ६३ लाख ३३ हजार २ सय ८१ रुपैयाँमध्ये हालसम्म ७३ लाख १६ हजार ३ सय १७ खर्च भएको छ । असार मसान्तसम्ममा बाँकी रकम योजना तथा कार्य सम्पन्न पश्चात खर्च हुने बताइएको छ । नेपालीका अनुसार २७–७८ प्रतिशत रकम हालसम्म खर्च भएको छ ।
कार्यालयमा कुनै पनि शिर्षकमा बेरुजु नदेखिएको उनले बताए । जिल्लामा कार्यसम्पादन गर्दा आइपरेका समस्याबारे पनि योजना तर्जुमा गोष्ठिमा उनले प्रष्ट पारेका थिए । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय कालिकोटले कम्प्युटर कक्षा, सिलाईकटाई यलगायत सीप विकास सम्बन्धिका क्षेत्रमा काम गर्दै आएको छ ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका निमित्त प्रमुख नेपालीको अध्यक्षता तथा जिल्ला समन्वय समिति कालिकोटका सदस्य धनबहादुर शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा जिल्लास्थित सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख प्रतिनिधि, नागरिक समाजलगायतको उपस्थिति रहेको थियो ।
कालिकाेट
प्रतिक्रिया