बझाङ । बझाङको जयपृथ्वी नगरपालिकाले प्रदान गर्ने एमबिबिएस छात्रावृत्तिका लागि आवेदन खुल्ला गरेको छ । शुक्रबार नगरपालिकाले एक सूचना जारी गर्दै शैक्षिक वर्ष २०८०–०८१ का लागि एमबिबिएस छात्रावृत्तिका लागि आवेदन माग गरेको हो ।
एमबिबिएस छात्रावृत्ति निर्णायक समितिले यस वर्षका लागि पनि एक जना नगरपालिका भित्रका एक जनालाई एमबिबिएस अध्ययनका लागि छात्रावृत्ति प्रदान गर्ने र सोका लागि आवेदन माग गरिएको नगरपालिकाले जनाएको छ ।
शैक्षिक वर्ष २०८०–०८१ का लागि चिकित्सा शिक्षा आयोगले लिएको एमबिबिएस प्रवेश परिक्षामा सफल भएका र जयपृथ्वी नगरपालिका भित्र स्थायी बसोबास भएकाहरुले मात्रै छात्रावृत्तिका लागि आवेदन दिन पाउने जयपृथ्वी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्मरराज जोशीले जानकारी दिए ।
यस्तै अघिल्लो शैक्षिक शत्रमा जयपृथ्वी नगरपालिका– ७ का जयन्द्र महरलाई छात्रवृत्ति प्रदान गरिएको कारण यस वर्ष भने महिलाहरुलाई मात्रै छात्रावृत्तिका लागि आवेदन दिन पाउने भएको सूचनामा उल्लेख छ ।
नगरपालिका भित्रका इच्छुकहरुले १५ दिनभित्र जयपृथ्वी नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा आवेदन दिन पनि आग्रह गरिएको छ । नगरपालिकाले प्रत्येक वर्ष एमविविएस अध्धयनका लागी भन्दै २० लाख रुपैयाँ छात्रावृत्ति प्रदान गर्दै आएको छ ।
बझाङ
प्रतिक्रिया