कालिकोट । आमाको दूध खाने उमेरमा औषधि खानु रहर थिएन, वाध्यता हो । उपचारकै क्रममा भिडै भिडको व्यस्त सहर काठमाडौं पुगेर पनि उपचार नपाएका मानिस । दुई वर्षका मानिसको आगो लागेर हातमा किरा पर्दा काठमाडौंले ज्वरोको उपनाम दियो ।
काठमाडौंजस्तो सहरमा उपचार नपाएका दुई वर्षीय मनिषको अप्रेसन जुम्लामा भयो । पचालझरना गाउँपालिका–४ जारकोटका दुई वर्षीय मनिष न्यौपाने स्वास्थ्यकर्मीको भरमा कष्टकर जीवन बिताइरहेका छन् । तोते बोली । के सही के गलत भन्नेसम्म छुट्याउन नसक्ने उमेरका उनलाई रोगले गालेको छ ।
मंसिर २ गते घर नजिकै गाउँका बालबालिकासँग खेल्नेक्रममा आगोमा परी मनिषको हात पोलियो । दुई वर्षे बालक उनको तत्काल उपचारका लागि कतै लैजाने तयारी अभिभावकले गरेनन् । उनका घरपरिवारले पोलिएको हातको गाउँमै प्राथमिक उपचार सुरु गर्नथाले । दिन वित्दै गयो, हातको घाउ बल्झिँदै गयो ।
दिन प्रतिदिनको घरेलु उपचारले मनिषको अवस्था झन् गम्भीर हुँदै गयो । निको हुनुको सट्टा बल्झिँदै गएको घाउमा किरा पर्न थालेपछि समस्या थपियो । घरमा बुबाको बोलीमा समस्या छ । आमा हिँड्न सक्दिनन् । चार भाइ सानै छन् ।
दिदी विवाह गरेर आफ्नो पोइली घरमा गइन् । दुई वर्षे बालकको उपचारमा आएकी १६ वर्षकी उनकी दिदी मनिषा न्यौपानेले भावुक हुँदै भनिन्, ‘भाइको उपचार गर्न लागेको एक महिनामै हातमा किरा पर्न सुरुभयो । गाउँमा केही सम्भव नभएपछि पुस महिनामा सानो भाइलाई काखमा राखेर थप उपचारका लागि जिल्ला अस्पताल कालिकोटमा उपचार गर्न आए ।
अस्पतालमा पुगेर भाइको सहजै उपचार होला कि भन्ने सोच थियो । तर, मनिषको हातको अप्रेसन गनुपर्ने अवस्था पो आयो ।’ सानो उमेरकै उनको कैसैसँग चिनजान छैन । आर्थिक अवस्था पनी नाजुक छ । केही दिन जिल्ला अस्पताल कालिकोटमा उपचार गरेर उनको हातको अप्रेसनको लागि काठमाडौंको कीर्तिपुर अस्पताल जानुपर्ने भयो ।
उनको हातको अप्रेसन राम्रो होस् भन्ने हेतुले डाक्टर रमिता नाथयोगीले अस्पतालका स्टाफहरूसँग केही रकम उठाएर बालक मनिषको उपचारका लागि आर्थिक सहयोग जुटाएर हातको अप्रेसनको लागि काठमाडांै पठाइन् । उनले जिल्ला अस्पताल कालिकोटबाट काठमाडौंसम्म जाने खर्चदेखि त्यहाँ उपचारको लागि व्यवस्था मिलाइन् ।
दिदी मनिषाका लागि काठमाडौं नयाँ ठाउँ । बिराना मान्छे । हुलै हुलको सहरमा भए पनि भाइ लिएर काठमाडौंसम्म पुगिन् । उमेर र अनुभवका आधारमा उनने ठूलै आँट गरिन् । उनलाई काठमाडौंमा भाइको राम्रो उपचार होला भन्ने विश्वास थियो ।
तर, उनको भाइलाई चार दिन अस्पताल राखेपछि ज्वरो आएको कारण देखायो, हातको अप्रेसन सम्भव नभएपछि उनी निन्याउरो अनुहार बनाउँदै भाइ लिएर फर्किइन् । काठमाडौंजस्तो सरहमा त उपचार भएन अब के गर्ने भन्ने सोचमा उनीहरू पुरानै बाटो अंगालेर घरतर्फ लागे ।
घर पुगेको तीन–चार दिनपछि जिल्ला अस्पताल कालिकोटका डाक्टर रमितानाथ योगिले फोन गरेर ३ देखि ६ चैतसम्म निःशुल्क हातको अप्रेसनसम्बन्धी शिविर बसेको जानकारी गराएपछि दिदी मनिषाले भाइलाई उपचारका लागि जुम्ला लगेकी थिइन् । जुम्ला लगेर हातको अप्रेसन सफल भयो ।
‘धेरै खुसी लाग्यो अब त भाइको हातले काम गर्ने भयो । एक घरको जिम्मेवारी आफूतिर अर्काेतर्फ भाइको हातको अवस्था सिकिस्त थियो’, अप्रेसन सफल हुँदा आफू खुसी भएको मनिषाले बताइन् । उनीहरूको निरन्तर सम्पर्कमा रहेका डाक्टर रमितानाथ योगीले बालकको दिदी मनिषाको एसइई पनि भएकाले उनीहरूलाई जिल्ला अस्पताल कालिकोटमा राखेर डाक्टर रमिताले सहयोग गरिन् ।
मनिषाले भनिन्, ‘डाक्टर रमिताले भाइको हातको अप्रेसनका लागि धेरै गुन लगाएकी छन् । हामीलाई पैसा पनि दिइन् । यही वर्ष मेरो एसइई दिनुपर्ने अर्काेतिर भाइको समस्या, घरमा त झन् समस्यै समस्याको पहाडको बीचमा भाइको उपचार हुँदा खुसी भएको छु ।’
मनिषाले एसइई दिँदासम्म १२ वर्षका जगदीश न्यौपानेले सानो भाइको हेरचाह गरे । डाक्टर रमिताले भनिन्, ‘अहिलेसम्म जिल्ला अस्पतालमा यस्ता केस आएका थिएनन् । बालबालिकाको यस्तो समस्यामा अभिभावक आउने गरेका थिए । तर, यो केसमा बालकको हेरचाह गर्न पनि बालक नै आएको देखेपछि उनीहरूलाई सोधेर घरपरिवारको बारेमा बुझेर केही सहयोग गरेको हो ।’
कर्णालीका गरिब नागरिकले सहज स्वास्थ्य सेवा नपाउँदा धेरैले ज्यान मुमाउनुका साथै, ठूलो रोगले सताउने गरेका घटना समान्य जस्तै भएको छ । जिल्लामा गरिब, असहाय, बालबालिकाको क्षेत्रमा डलरको खेतीगर्ने संघसंस्थाहरूले यस्ता बालबालिकाको विषयमा ध्यान पुर्याएको भने पाइँदैन ।
उसो त स्थानीय तहले उनीहरूको बारेमा नसोचेको स्थानीयले आरोप लगाएका छन् । उनीहरूलाई कतैबाट सहयोग भएको भए झनै सहजता हुने आफन्तको गुनासो छ ।
।’
कालिकाेट
प्रतिक्रिया