पशुपालनबाट वार्षीक २० लाख आम्दानी गर्दे रविन्द्र

विराटनगर । रोजगारीका लागि विदेश जानभन्दा आफनै गाउँमा वसेर व्यवसाय गर्नसके राम्रो आमदानी गर्न सकिन्छ भन्ने उदारण मोरङको रंगेली नगरपालिका–७ दर्वेसाका युवा व्यवसायी रविन्द्र ठकुरीले दिएका छन् । कामका लागि युवा शक्ति विदेश पलायन भइरहेको अवस्थामा रंगेली नगरपालिका–३ रन्जनीमा उनले सञ्चालन गरेको पशुपालन व्यवसाय अहिले सवैका लागि उदारणिय वनेको छ ।

अरुको देशमा पसिना वगाएर काम गर्ने भन्दा लगन र मेहनत गर्नसके स्वदेशमै राम्रो आम्दान गर्न सकिन्छ भन्ने उदारण दिएका रविन्द्रले आफ्नो ६ विग्गाह जग्गामा भूमी लक्ष्मी कृषि फर्मको नाममा यो व्यवसाय गर्दै आएका छन् । आठवर्ष अघि ६५ वटा भन्दा वढि राँगा भैसी तथा गाई पालनबाट उनले व्यवसाय सुरु गरेका हुन् ।

कृषि विकास बैंकबाट लिएको ५० लाख रुपैयाँ ऋण र आफूसँग भएको पैसा गरि करिव ८० लाख रुपैयाँको लगानीमा व्यवसाय सुरु गरेका रविन्द्रले यो व्यवसायबाट अहिले वार्षिक २० लाख रुपैया आम्दानी गर्दै आएका छन् ।

फर्ममा उत्पादित पशुचौपाया तथा दुध विक्री गरेर राम्रो आम्दानी हुने गरेको र व्यवसाय सुरु गरेपछि जिवन यापन सहज भएको उनले सुनाए । फर्ममा अहिले पशु चौपाया केही कम भएको छ यो महिना भित्रमा फेरी पशुचौपाया थप्न लागेको उनले जानकारी दिए ।

तिन विगहा जग्गामा फर्म तथा तिन विगहा जग्गामा उनले घास खेती गर्दै आएका छन् । त्याहा उत्पादन भएका पशु चौपाया खरिद गर्न टाडाटाडाका किसान उनको फर्म पूग्ने गरेका छन् ।
कृषिमा सरकारले अनुदान दिने भनेको भए पनि ठूलो लगानी गरेर फर्म सञ्चालन गर्दा पनि आफूले कहिँ कतैबाट अनुदान नपाएको उनले गुनासो गरे । अनुदान पाए फर्मलाई अझ विस्तार गर्दै जाने उनले सुनाए ।

घर परिवार छाडेर अरुको देशमा कामगर्ने भन्दा पनि मेहनत गर्दा स्वदेशमै केहि गर्न सकिन्छ भन्ने अनुभव यो व्यवसायबाट आफुले पाएको उनले सुनाए । ‘यही व्यवसायमा लगानी गरेको रकमले म जुनसुकै देश जान सक्थे, तर स्वदेशको मायाले आफनै देशमा केहि गरु भन्ने सोच आएर यो व्यवसाय सुरु गरेको र अन्य युवालाई समेत स्वदेशमै केहि गर्न आग्रह गर्छु,’ उनले भने । युवालाई स्वदेशमै रोजगारीको वतावरण बनाउन र कृषिमा दिदँै आएको अनुदान सहि ठाउमा प्रयोग गर्न उनले आग्रह गरे ।

पहँुच र जानकारी नहुदा ग्रामिण क्षेत्रमा सञ्चालन हुदै आएको पशुपालन व्यवसायीले अनुदान पाउन नसकेको उनले सुनाए । कृषिमा आधारित व्यवसायलाई प्रोत्साहित गर्न संघ, प्रदेस र स्थानिय सरकारकारले आफ्नालाई भन्दा सहि किसानलाई अनुदान दिनुपर्ने उनको माग छ ।
उनले गरेको व्यवसायलाई देखेर अन्य किसानले समेत गाइपालन, बाख्रापालन तथा कुखुरा पालन व्यवसाय सुरु गरेका छन ।

प्रतिक्रिया