बझाङ जिल्लाका आठ पालिका निमित्तको भरमा

बझाङ । जिल्लाका दुई ओटा नगरपालिका र १० ओटा गाउँपालिकामा दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत नहुँदा आठ ओटा पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतकोे भरमा चलेका छन् । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुन उपसचिव सरहको दरबन्दी रहने र गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुन शाखा अधिकृत स्तरको व्यवस्था भएको भए तापनि जिल्लाका आठ वटा पालिका निमित्तको भरमा चलेका छन् ।

जिल्लाका आठ ओटा पालिकाहरूमा संघका उपसचिव तथा शाखा अधिकृत पालिकामा हुने राजनीतिक खिचातानी र पालिकामा बस्न नमानेका कारण धेरैजसो पालिकाहरू इन्जिनियर, शिक्षा अधिकृत, जनस्वास्थ्यका हेल्थ असिस्टेन्ट, कृषि र भेटनरीका जेटिए निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिरहेका छन् ।

उपसचिव सरहको दरबन्दी रहेको जयपृथ्वी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रूपमा अम्मराज जोशीले आफ्नो कार्यभार समालिरहेका छन् भने उता बुगल नगरपालिकामा केदारस्यु गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत पदमराज उपाध्यायलाई तीन दिन बुगल नगरपालिका र तीन दिन केदारस्यु गाउँपालिका हेर्ने गरी सामान्य प्रशासन मन्त्रालयले उपाध्यायलाई दोहोरो जिम्मेवारी लिन मन्त्रालयबाट पत्र पठाएपछि अहिले दुवै पालिकामा काम गर्दै आइरहेका छन् ।

त्यस्तै बुगल नगरपालिका तलकोट गाउँपालिकालगायत मस्टा, साइपाल, सुर्मा, छविसपाथिभरा, खप्तडछान्ना, बिथ्थडचिर गाउँपालिकामा विगत ६÷सात वर्षदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतले काम चलाउँदै आएका छन् । दुर्गाथली गाँउपलिका थलारा, र केदारस्यु गाँउपालिकाले डेढ दुई वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्दै आइरहेका छन् ।

गाउँपालिकाका अध्यक्ष, नगरपालिकाका नगरप्रमुखहरूसँँग यसबारे बुझ्दा सामान्य प्रशासन मन्त्राललाई माग राख्दा कि पठाउँदै नपठाउने पठाइहाले पहाडी जिल्लामा बस्न नै नमानेका कारण यस्तो भएको बताउँछन् । तर, धेरैजसो स्थानीयहरूले पालिकामा धेरैजसो जनप्रतिनिधिले आफू निकटका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएपछि आपूmलाई सहज हुने भएका कारण पालिकाहरू निमित्तको भरमा चल्ने गरेको तर्क गर्छन् ।

प्रतिक्रिया