पर्सा । पर्साको धोबिनी गाउँपालिकामा जिल्लाका सुरक्षा निकाय र स्थानीय तह गाउँपालिकाका जनप्रतिनिधीहरु बीचकाे अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको सभाकक्षमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासन बीचको सम्बन्ध बारे, स्थानीय तहमा भएको समस्या, प्रहरी प्रशासनले कस्तो खाले सहयोग गर्ने जस्ता लगायतका विषयमा छलफल भएको हो ।
सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले प्रत्येक वडामा वडाध्यक्षको नेतृत्वमा कमिटी गठन गरी गाउँ टोलमा भएको झगडा, हाेहल्ला तथा स्थानीय बासीको समस्या समधान गरिने बताए । जनप्रतिनिधिले चाहे अतिक्रमण गरिएको सार्वजनिक जग्गा फिर्ता ल्याउन सकिने र प्रहरी प्रसाशन सहयोग गर्न तयार रहेको रेग्मीले बताए ।
स्थानीय जनप्रतिनिधिले उठाएको नागरिकता बिषयमा जिल्ला प्रसासनमा जनताहरुले नागरिकता बनाउन जादा दुख भोगिरहेको एउटा नागरिकता बनाउन तीन दिन सम्म लाग्ने गरेको बिषयमा प्रमुख जिल्ला अधिकारी रेग्मीले सुधार हुने
क्रममा रहेकाे बताए । उनले भने, ‘पहिला देखि धेरै सुधार भएको र म अहिले सुधार्ने पक्षमा छु । यदी कसैले दुख दिने काम गरिरहेको छ भने मलाई भन्नुस समस्या समधान गर्छु ।’
कार्यक्रममा पर्साका प्रहरी उपरिक्षक कोमल शाहले किसानहरुको लागि ल्याइने मलखाद बिउबिजन नाकामा नरोकिएकाे बताए । उनले तस्करको काम मात्र रोकिएको बताए । उनले भने, ‘मेरो चारवटा विशेष काम रहेको चोरी तस्करी, लागुऔषध तथा तस्करी नियन्त्रण, ट्रफिक नियम कार्वान्यन गराउनु भएकाे बताए ।
कार्यक्रममा धोबिनी गाउँपालिका अध्यक्ष मदन चौहानको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका हेमन्त चौधरी, सशस्त्र प्रहरी बल पोखरियाका डिएसपी कमलकुमार खत्री, कृष्ण कुमार, उपाध्यक्ष मन्जु देवी, प्रमुख प्रशासकीय अधिकृत महम्द नावाज हुसेन, वडाध्यक्ष अबास मियाँ, राजकिशोर प्रसाद कुर्मी, मनौवर अहमद, बन्धु साह तेली, देवेन्द्रप्रसाद कुर्मी, पत्रकार लालबाबु बानियाँ, ईलाका प्रहरी कार्यक्रम पोखरियाका प्रहरी निरिक्षक मोहन बिक्रम केसी , स्थानीय नेता सलाउदिन अहम्द, माओवादीका युवा नेता संतोष पटेल, कार्यपालिका सदस्य दिनेस साह, सदस्य मदन सहनी,कार्पालिका सदस्य गाउँपालिका महिला,पुरुष सदस्य गाउँपालिकाका कर्मचारी बृजकिसोर त्रिपाठी, पपु पटेल, केसराज प्र कुर्मी, रविभुसन पटेल, लगायतको पनि सहभागिता थियो ।
पर्सा
प्रतिक्रिया