पर्सा । जगरनाथपुर गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता उद्घाटन भएको छ।
प्रथम जगरनाथपुर गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्र. यादवले गरेका हुन् ।
खेलकुद प्रतियोगिता उद्घाटन गर्दै यादवले खेलकुद शरिरको लागि शारिरिक व्यायाम भएकोले खेलकुद स्वास्थ्यको लागि एक किसिमको औषधि नै भएको बताए । उनले उमेर अनुसारको प्रत्येक व्यक्तिलाइ खेलकुद आवश्यक हुने खेलकुदले शरिर स्वस्थ रहनुको साथै जिवनमा फुर्तिलो हुने बताए ।
उक्त कार्यक्रममा विशिष्टअतिथि गाउँपालिका उपाध्यक्ष बबिता सिंह, प्रेमबहादुर थापा, अतिथि प्र. प्र अधिकृत कृष्ण नन्दन राय, लेखापाल सन्देश कुशवाहा, वडाध्यक्ष लक्ष्मी साह, बिहारी महतो नुनिया, प्रभु महतो, शिक्षा शाखा प्रमुख लालदेव प्रसाद यादव, क्षेत्रीय सचीव बलिष्टर अहमद, सम्पूर्ण बिविद्यालयको प्रअ, वडा सदस्यहरु, स्थानीयबासी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
पर्सा
प्रतिक्रिया