शान्तिका लागि साझा अभियानको महासचिवमा शाही विजयी

कालिकोट । शान्तिका लागि साझा अभियानको महासचिवमा कालिकोटका जजराज शाही बहुमतले विजयी भएका छन् ।

शनिबार भएको नवौँ अधिवेशनबाट महासचिव पदमा मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपालका अध्यक्ष शाही अत्यधिक मतले विजय भएका हुन् ।

लामो समयदेखि सामाजिक अभियान्ताको रुपमा दिनदुखिको सेवामा काम गर्दै आएका शाही सामुदायिक रेडियो चंखेली एफएमका अध्यक्षसमेत हुन् । सामाजिक अभियान्ता शाहीलाई यतिबेला सामाजिक सञ्जालमा शुभकामना दिनेहरुको ओइरो छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया