रुकुम पश्चिम । देशमा संघीयतापछि स्थानीय तह निर्माण भए । गाउँलाई सिंहदरबारका रुपमा चिनाइयो । नागरिकको सबैभन्दा नजिकैको सरकारका रुपमा स्थानीय तहलाई लिइयो ।
मुलुकका ७५३ स्थानीय तहमध्ये रुकुम पश्चिमको ६ वटा स्थानीय तहमा पर्ने आठबिसकोट नगरपालिका हिमाली जिल्ला डोल्पासँग जोडिएको पालिका हो । साविकको घेत्मा, मग्मा, गोतामकोट, स्यालाखदी आठबिस डाँडागाउँ र आठबिसकोट गाविसबाट नगरपालिका बनेको हो । यहाँ पाँच वर्ष अघि गाउँमा सडक, बाटोघाटो, खानेपानी, बिजुली थिएन । घण्टौं हिँडेर बजार जानपथ्र्यो, डोकोमा दैनिक उपभोग्य बस्तु ओसार्नुपर्ने बाध्यता थियो । गाउँमा कोही विरामी हुँदाडोकोमै बोकेर अस्पताल लैजानुपथ्र्यो । आधारभूत स्वास्थ्य चौकीसमेत गाउँमा थिएन् । किसानले बारीमा उत्पादन गरेको कृषि उपज पनि ढुवानी समस्याले घरमै थन्किन्थ्यो । शिक्षाको अवस्था त्यस्तै थियो । तर, अहिले यहाँका नागरिकको दैनिकि फेरिएको छ । गाउँ फेरीएको छ । स्थानीय तह बनेपछी विकास निर्माणले तीब्रता पाएको र धेरै गाउँठाउँमा सडक, बाटोहरु निर्माण भएका छन् ।
विकट पालिकाको रुपमा हेरिने आठबिसकोट नगरपालिकाले समृद्धिको यात्रा तय गरेको छ । पालिका भित्र रहेको विभिन्न दुरदराजमारहेका गाउँठाउँमा सडक ग्राभेल, नाली निर्माण, विद्युत आपूर्ति, खानेपानी, कृषि, सिचाई, प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण भएकाछन् । जनताको दैनिकीसँगै जोडिएका आधारभूत आवश्यकता पूर्तिहुँदै गएका छन् । बिद्युतको केन्द्रीय प्रसारण लाइन जोडिएकोछ । राप्ती राजमार्गदेखि ग्रामीण वस्तीहरु जोड्ने मुख्य सडक विस्तार, कालोपत्रे हुने क्रम बढ्दै गएको छ ।
संघीय संरचना बनेपछी बजेटको सन्तुलित बाँडफाँड र वडापालिकामा आएको बजेटलाई वडास्तरबाटै विकासका कामको प्राथमिकीकरण विकास निर्माण हुने हुँदा स्थानीयले विकाससँगै संघीयताको अनुभूती गर्न थालेका छन् । नगरपालिकाको १४ वटै वडामा सडक पुगेको छ । गाउँघरमा प्रस्तुति सेवा सहितको स्वास्थ्य चौकीहरु स्थापना गरिएको छ ।
खरको छाना रहित घर बनाउन नगरपालिकाले लिएको अभियानलाई पनि जनप्रतिनिधिले कार्यभार सम्हालेदेखि जारी राखिएको छ । खरका छाना विस्थापित गरि टिनका छाना लगाउनेदेखि ब्यवस्थित पानी धारा र शौचालय समेतका कार्यक्रम रहेका छन् । नगरपालिकाका १’ २’ ३’ ४’ ५ र ६ वडाको विकट गाउँ सदियौंदेखि विद्युत खानेपानीको विकाराल अबस्था भोग्दै आएकोमा वडाहरुमा बिजुली, सडक र खानेपानीको सुविधाले जोडिएको छ । सिस्ने हिमालको काखमा अवस्थित बस्तीमा स–साना खरका झुपडी थिए । अहिले त्यस गाउँका वस्तीहरु हरियो टिनको छानाले हराभरा र घर घरमा पानी, शौचालयले सफा समेत भएको छ । त्यो सहितअन्य वडाका वस्ती सुधारमा भएका प्रयासको नतिजा पनि सोही गाउँमा जस्तै देखा पर्दै आएको दावी गर्छन् त्यहाँका जनप्रतिनिधिहरु ।
पालिकाभित्र ८० प्रतिशतभन्दा धरै योजनाहरु सम्पन्न हुँदै आएका छन् । नगरप्रमुख रवि केसीले भने, ‘अधिकांश वडाहरुमा सडक बनेपछी गाडी चल्न थालेका छन । भौगोलिक अवस्थाका कारण विकट मानिएका वडाहरुमा पनि हेलिकप्टर मार्फत डोजर ल्याएर सडक खनिरहेका छौं । अबको पाँच वर्षभित्र सबैवडामा गाडी चल्नेछन विद्युत विस्तार र कृषिलाई आधुनिक प्रविधि मार्फत अगाडी बढाउने लक्ष्यराखेका छौँ ।’
यस्तै झण्डै चार सय किलोमिटरको सडक भएको पालिकाको केन्द्र राडीबजार–खारखारा, रिम्ना–चिसापानी र गोतामकोट कोबगेना–नयाँडाँडासम्मको सडकखण्डमा कालोपत्रेको काम सुरु भएको छ । गाउँघरमा वर्षातको समयमा पानी जम्ने र निकास नहुने स्थानहरुमा सडकलाई पिसिसी गर्ने काम पनि नगरपालिकाले अघि सारेको छ ।
औद्योगिक क्षेत्रको विकासको निम्ति छुट्टै क्षेत्र छुटयाएर सार्वजनिक स्थलहरुको स्तरोन्नती, सरसफाइ, संरक्षणमा पालिकाले सक्रियताबढाएको छ । नगरपालिका भित्रका उद्योगलाई व्यवस्थित बनाएर जिल्लाकै नमूना औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने सोचाई रहेको नगरप्रमुख रवि केसीले सुनाए ।
उनले भने, ‘नागरिकलाई जसरी शिक्षा, स्वास्थ्य, यातायात र विद्युतको पहुँचमा जोडेका छौँ । त्यसरी नै हरेक किसानलाई कृषिको पहुँचमा जोड्दै छौँ । पहिलो चरणमा कृषकले उत्पादन गरेको उपज नगरपालिकाले निशुल्क ढुवानी मार्फत बजारीकरण गरेको छ । क्रमश पालिका भित्र कृषि क्षेत्रलाई विस्तार गरेर उत्पादन बढाउँदै उद्योग मार्फत कृषि उपजको बजारीकरण र कृषकलाई निशुल्क कृषिजन्य बोटबिरुवाहरु उपलब्ध गराउँदै आएका छौँ ।’
वडाको बजेट विभिन्न विकास निर्माण, स्वास्थ्य, शिक्षा, कृषि, सडक, रोजगार लगायतका क्षेत्रहरुमा लगानी गरिएको छ । जनप्रतिनिधि आएपछि स्थानीयमा उत्साह पैदा भएको छ ।
शान्ति सुरक्षाका लागि वडामा प्रहरी चौकी, चेक पोष्टहरु निर्माण गरिएका छन् । गाउँस्तरमा पुगेको सडकले यहाँका स्थानीयलाई आवतजावत र सरसामान ढुवानीमा समेत सजिलो बन्दै गएको छ । निर्माण भएका तर साना बाटो, सडकहरुलाई फराकिलो बनाउने कामधमाधम भइरहेको छ र नालि तथा ढल निकासका कामले निरन्तरता पाएका छन् ।
राज्यको स्थानीय निकाय बन्नुअघि जनप्रतिनिधि, कर्मचारी बसेर काम गर्ने संरचनासम्म थिएन । स्थानीय सरकार आएपछि पालिका भवन बन्यो । अहिले १४ वटै वडा कार्यालयबाट विषयगत शाखाका कर्मचारीले सेवा दिदै आएका छन् । आठबिसकोटका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिराज शाहले भने, ‘स्थानीयले गाउँमै सिहंदरबारको अनुभुती गर्नेगरी काम गरेका छौँ । सेवा प्रवाहमा कर्मचारीको तर्फबाट कुनै किसिमको कमजोरी छैन ।’
त्यस्तै नगरभित्रका सबै सडकहरु विस्तार गरिरहेको अधिकृत शाहले बताए । उनले भने, ‘सडकस्तरीय थिएनन् । जसका कारण नागरिकहरुले निकै दुःख झेल्नुपरेको थियो तर, अहिले सडकको अवस्था पहिलेको भन्दा निकै फेरिएकोछ । सडकहरु स्तरोन्नति गरेसँगै यहाँका मुख्य सडकदेखि गाउँमा आउजाउ गर्न समस्या छैन ।’
रुकुम पश्चिम
प्रतिक्रिया