भुमिकास्थानले आवधिक नगर विकास योजना बनाउने

अर्घाखाची । भुमिकास्थान नगरपालिकाको पहिलो पञ्च बर्षिय नगरविकास आवधिक योजना निर्माण गर्ने भएको छ । अलान इन्टरनेशनल सर्भिसेज काठमाडौंको प्राविधिक सहयोग तथा प्रदेश सुशासन केन्द, लुम्बिनी प्रदेशको वित्तीय सहयोगमा दीर्घकालिन सोच सहित विषय क्षेत्रगत रणनीतिक योजना सहितको आवधिक नगरविकास योजना तर्जुमा कार्यक्रममा नगर विकास योजना बनाइने बताइएको हो ।

कार्यक्रमको उदघाटन गर्दै नगरप्रमुख झबिलाल थापाले आफूहरुको एउटै उद्देश्य समृद्वनगर निर्माण भएको बताए । उनले सबैको साथ सहयोग र साझा पहलबाट अगाडि बढ्ने बताए । थापाले बिकास निर्माणको कामलाई योजनाबद्व रुपमा अगाडि बढाउने र जनतालाई महसुस र देखिने गरि बिकासको कामलाई गरिने बताए ।

नगर उपप्रमुख बालकृष्ण बन्जाडेले योजना निर्माणको कामलाई व्यवस्थित गर्नुपर्ने बताए । प्रमुख प्रशासकिय अधिकृत नारायण पोख्रेलले अब आगामी ५ वर्ष कसरी अगाडि बढ्ने भन्ने प्रस्ट बजेट, नीति र कार्यक्रम सहित अगाडि जानुपर्ने बताए । कार्यक्रम बिके महर्जन र मन्दुबाबु अधिकारीले सहजिकरण गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख थापा, हरिचन्द्र भुसाल, शेषकान्त घिमिरे, राजनितिक दलका प्रतिनिधि, जनप्रतिनिधिहरु, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया