तलकोट गाउँपालिकामा शिक्षासम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

बझाङ । जिल्लाको तलकोट गाउँपालिकामा सञ्चालित दुईदिने शिक्षाको आकस्मिक योजनासम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

अष्ट्रेलियन एडको सहयोग, तलकोट गाउँपालिकाको समन्वयका साथै गाउँपालिका र रिड नेपालको संयुक्त आयोजनामा माघ १६ गतेदेखि सुरु भएको गोष्ठी आज सम्पन्न भएको हो ।

गोष्ठिमा गाउँपालिकाको शैक्षिक क्षेत्रको स्थिती, जोखिमको विश्लेषण गर्दै विद्यालय, विद्यार्थी पठनपाठन गर्ने क्षेत्र, शैक्षिक वातावरणमा प्रकोपसँग सम्बन्धित जोखिम र यसको न्यूनीकरण गर्ने उद्देश्यका साथ उक्त विषयमा छलपल गरिएको रिड नेपालका प्रशिक्षक सुरेश नाथले जानकारी दिए ।

दुई दिनसम्म चलेको गोष्ठिमा सबै वडाका प्रधानाध्यापक तथा वडाध्यक्षहरुबाट शिक्षाको क्षेत्रमा जानकारी बटुल्ने काम भएको र उक्त जानकारी समेटेर चाँडै गाउँपालिकाले, ‘गाउँपालिका भैपरी आउने योजना’ नामक पुस्तक प्रकाशन गरिने प्रशिक्षक नाथले बताए ।

उक्त पुस्तकमा शिक्षाको क्षेत्रमा हुने जोखिम, बच्ने उपाय, शिक्षाको क्षेत्रमा काम गर्ने समितिलगायतका विषय समावेश गरिने भएकाले पुस्तकले विपद् आइलागे के गर्ने ? भन्ने कुराको मार्गदर्शन गर्न सक्ने विश्वास गरिएको छ ।

कार्यशालामा सहभागीहरुले फलदायी र प्रभावकारी रहेको बताउँदै विभिन्न ठाउँमा रहेका थाहा नभएका जोखिमका क्षेत्रहरु कार्यशाललाले औँल्याएको, त्यसैअनुसार भैपरी आउने जोखिम न्यूनीकरण गर्न आफ्नो कार्यक्षेत्रमा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

दुईदिने गोष्ठिको तलकोट गाउपालिकाका अध्यक्ष कलकबहादुर रोकायाले उद्घाटन गरेका थिए भने सो गोष्ठीमा प्रमुख प्रसाशकिय अधिकृत सिद्धराज भण्डारी, वडाध्यक्षहरु, विद्यालयका प्रअ, अभिभावक लगाएत २७ जनाको उपस्थिती रहकेो थियो ।

प्रतिक्रिया