देउवाद्वारा कांग्रेस बैठक ‘बंक’

कांग्रेस बैठक अनिश्चितकाल स्थगित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । माघ १५ गते आइतबार दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक अचानक स्थगित भएको हो । कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार विशेष कारणवस बैठक स्थगित गर्नुपरेको हो । अर्को सूचना प्रकाशित नभएसम्मका लागि समितिको बैठक स्थगित गरिएको उनले जानकारी दिए । तर, त्यो बिशेष कारण के थियो भन्ने केही उल्लेख गरिएको छैन । यद्यपि केन्द्रीय समितिको बैठकमा प्रतिवाद गर्ने गतिलो तयारी नभएकाले बैठक स्थागित भएको छ । संस्थापन इतरले भने त्यसलाई सभापति देउवाले बैठक ‘बंक’ गरेको भनेरसमेत आलोचना गरेका छन् ।

मंसिरमा सम्पन्न निर्वाचनपछि बैठक नै नबसी केही नजिकका आफन्तहरूको इशारामा निर्णय गरिएको आरोप पार्टी सभापति शेरबहादुर देउवामाथि लाग्दै आएको छ । निर्वाचनमा सँगै सहयात्रा गरेको माओवादीलाई साथ दिन नसक्दा यही नेतृत्वको गलत शैलीका कारण सत्ता गुम्न पुगेको आरोपसमेत सभापति देउवामाथि लाग्दै आएको छ । पार्टीको संसदीय दलको निर्वाचन गर्दा सभापतिको लोभका कारण सरकारमा नेतृत्व गर्ने अवसर गुमेको कांग्रेसको संस्थापन इतर पक्षले लगाउँदै आएको छ ।

४ मंसिरपछि सम्पन्न निर्वाचनपछि बैठक नै नबसी केही नजिकका आफन्तहरूको ईशारामा निर्णय गरिएको आरोप पार्टी सभापति शेरबहादुर देउवामाथि लाग्दै आएको छ । निर्वाचनमा सँगै सहयात्रा गरेको माओवादीलाई साथ दिन नसक्दा यही नेतृत्वको गलत शैलीका कारण सत्ता गुम्न पुगेको आरोपसमेत सभापति देउवामाथि लाग्दै आएको छ । पार्टीको संसदीय दलको निर्वाचन गर्दा सभापतिको लोभका कारण सरकारमा नेतृत्व गर्ने अवसर गुमेको कांग्रेसको संस्थापन इतर पक्षले लगाउँदै आएको छ ।

संसदीय दलको निर्वाचनपछि सो पार्टीको गगन–शेखर समूहले इतर पक्ष राम्ररी एकतावद्ध भएर अगाडि बढ्न नसकेका कारण पराजय भोग्नुपरेको भन्दै संगठित हुने प्रयास गरेका थिए ।

नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठकमा पार्टीको भूमिकाबारे प्रश्न उठेको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बत्तिसपुलतीस्थित अनुपम फुडल्यान्डमा बसेको सो पार्टीको संस्थापन इतर समूहको भेला भएको थियो । संसद्मा पहिलो पार्टी बने पनि गठबन्धन टुट्नुको कारणबारे छलफल गरेको उनीहरूले बताएका छन् ।

बैठकपछि सो समूहका नेता मध्ये एक चन्द्र भण्डारीको भनाइ थियो, ‘स्थानीय र संघको निर्वाचनसम्म गएर कांग्रेस सबैभन्दा ठूलो पार्टी बने पनि त्यसलाई जोगाउन सकिएन । जनताले भरोसा गरेर नै गठबन्धनलाई मत दिए । तर, सरकार बन्ने बेलामा कि गठबन्धन टुट्यो । यो प्रश्न चारैतिर आएको छ ।

कमजोरी कहाँनिर भयो भन्ने ? भेलामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई किन विश्वासको मत दिएको भन्नेबारेमा पनि व्यापक छलफल भएको थियो ।

कांग्रेसले अचानक प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि भने सो समूहभित्र त्यसको आलोचना भएको छ । देउवाले यस्तो निर्णय गरेर पार्टीलाई दोहोरो चरित्र भएको देखाउन खोजेको आरोप पनि असन्तुष्ट पक्षहरूले लगाएका थिए ।

राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा सो पदमा दलहरूबीच तानातानको अवस्था देखिएको छ । सत्ता साझेदार दलबीच एमालेले सो पद पाउने मोटामोटी सहमति भएको बताइए पनि स्पष्ट चित्र नआउँदा अन्योलता कायम छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आउँदो फागुन २९ गते सकिँदै छ । संवैधानिक राष्ट्रपति भए पनि विभिन्न राजनीतिक परिघटनामा भूमिका निर्णायक हुने र विगतमा राष्ट्रपतिकै कारण सरकार अफ्ठ्यारोमा पर्ने गरेकाले यो पदलाई दलहरूले महत्व दिएका छन् । सोहीअनुसार दलहरू आफू अनुकूलको व्यक्तिलाई पदमा विराजमान गराउने ध्याउन्नमा देखिन्छन् ।

त्यसैले सभापति देउवाले आफूले प्रधानमन्त्रीमा विश्वासको मत दिएर राष्ट्रपति आफूतर्फ ल्याउन सकिन्छ कि भनेर यो खेल खेलेको अनुमान गरेका छन् । तर पार्टीको संस्थापन इतर पक्षले देउवाको यो चाललाई एक रति पनि पत्याएको छैन । त्यति सजिलै कांग्रेसका ढोक्सामा माछा पर्न नसक्ने भन्दै उनीहरूले यसको आलोचना गरेका छन् ।

माघ ५ गते प्रतिनिधिसभाको सभामुख चयन भएपछि संसद् भवनबाट बाहिरिने क्रममा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको चयन सहमतिमै हुने प्रतिक्रिया दिएका थिए । त्यसलगतै संसद् भवनबाट बाहिरिने क्रममा एमाले अध्यक्ष केपी ओलीले भने प्रचण्डको प्रतिक्रियाको प्रतिवाद हुनेगरी एमालेको उम्मेद्वारमै राष्ट्रिय सहमति हुनुपर्ने धारणा राखेका थिए ।
पत्रकारहरूसँग उनले भनेका थिए, ‘सहमति हुनुपर्छ, एमालेले उम्मेद्वार उठाउँछ हाम्रो सहमति त्यही हो । त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ ।’ त्यसअघि पुस ३० मा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग भेटघाटको क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा सहमति भइनसकेको बताएका थिए । ‘राष्ट्रपति र उपराष्ट्रपतिको बारेमा कसैसँग कुनै सहमति भएको छैन’, प्रचण्डको भनाइ थियो । यसआधारमा एमाले–माओवादी केन्द्रसहितको सत्ता साझेदार दलमा ठोस सहमति नजुटेको र दलहरू आ–आफ्नो पक्षमा लबिङमै रहेको सन्देश दिन खोजिएको थियो ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिइसकेपछि कांग्रेसको पनि चुरीफुरी बढेको छ । विश्वासको मत दिएको बदलामा राष्ट्रपति पाउने विश्वासमा रहेको कांग्रेस माओवादीको सकारात्मक जवाफको प्रतिक्षामा देखिन्छ । कांग्रेसका नेता एवं प्रवक्ता डा.प्रकाशशरण महतले संविधानको रक्षाका लागि राष्ट्रपति पदमा उपयुक्त व्यक्ति को होला भन्ने विषयमा छलफल भइरहेको बताएका थिए । ‘प्रधानमन्त्री प्रचण्डजी पनि पनि संविधानका रक्षाका लागि गम्भीर हुनुहुन्छ । कांग्रेस पनि त्यसप्रति गम्भीर छ’, उनले भने, ‘त्यसमा दुवै दलको कुरा मिलेको छ । त्यही बिन्दुमा दुवै दलको सहमति हुने हो कि भन्ने अपेक्षा कांग्रेसको छ ।’
एमालेले संसद् विघटनको कुरा पटकपटक उठाएको उल्लेख गर्दै महतले त्यसले गर्दा माओवादी, कांग्रेसलगायत विभिन्न दलमा आशंका उब्जिएको बताए । संविधानको रक्षाका लागि सो पदमा कस्तो व्यक्ति उपयुक्त हुन्छ भन्ने बारेमा विभिन्न दलसँग छलफल भइरहेको उनले बताए । कांग्रेसले यस्तो छनक दिँदा एमाले अध्यक्ष ओलीले भने पुस २६ गते संसद् भवनमा आफ्नो मन्तव्य राख्ने क्रममा कांग्रेसप्रति आक्रोश पोखेका थिए ।

‘यदि यो समर्थनभित्र सदासयताबाहेक अरू कुरा छैन भने, कुनै जाल होइन भने, यो समर्थन कुनै ढोक्सा होइन भने स्वागतयोग्य छ । ढोक्सा हो भने म भन्न चाहन्छु, जाल हो भने म भन्न चाहन्छु माछा नभएको खोलामा फ्याकेजस्तै हुनेछ । राष्ट्रपति पदका लागि तानातान हुँदा माओवादी केन्द्र निर्णायक तहमा देखिएको छ । माओवादी केन्द्रले गडबढ गरेर सत्ता साझेदारबाट फुत्किने गरी निर्णय लिएको खण्डमा कांग्रेसका लागि राहत मिल्नेछ । अन्यथा, कांग्रेसका लागि सो पद ओलीले भनेजस्तै रित्तो ढोक्सा बन्ने निश्चित छ ।


विश्वासको मतपछि माओवादीसँग सशंकित बनेका ओलीले आफ्नो भेटघाट तीव्र बनाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बिहीबार बालुवाटार पुगेका छन् । उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्रीलाई भेट्न पुगेका ओली र प्रधानमन्त्री प्रचण्डबीच राष्ट्रपति, उपपराष्ट्रपति चयनका विषयमा देखिएका अविश्वासका विषयमा छलफल भएको छ । प्रधानमन्त्री र ओलीबीच अविश्वास पैदा भएको भनिएका बेला बिहीबार भेटवार्ता भएको हो । प्रचण्डलाई प्रधानमन्त्री बनाएसँगै बालुवाटार आउजाउ गरिरहेका ओली बिहीबार पुगेर राजनीतिक तथा समसामयिक विषयमा छलफल गरेका हुन् ।


प्रतिक्रिया