कर्मचारीबीच अन्तरपालिका फुटबल प्रतियोगिता शुरु

प्युठान । प्युठान जिल्ला भित्रका पालिकामा कार्यरत कर्मचारीहरुको मैत्रीपुर्ण फुटबल प्रतियोगिता सुरू भएको छ । प्युठान नगरपालिकाले आयोजना गरेको प्रतियोगिता गणतान्त्रिक खेलकुद मैदान बिजुवारमा शनिबारदेखि शुरु भएको हाे ।
शनिबार भएको खेलमा प्युठान नगरपालिकाले ऐरावती गाउँपालिकालाई ३-१ को अन्तरले हराएको छ भने गौमुखी गाउँपालिकाले मल्लरानी गाउँपालिकालाई २-० ले हराएको छ ।

त्यसैगरी सरुमारानी गाउँपालिका र माण्डवी गाउँपालिकाबीच भएको खेलमा सरुमारानीले २-१ अन्तरले बिजय हात परेको छ । नौबहिनी गाउँपालिकाले झिमरुक गाउँपालिकालाई ३-० ले हराएको छ । प्रतियोगितामा स्वर्गद्वारी नगरपालिकाले भने भाग लिएको छैन । भोलि फाइनल खेल हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया