पाेखरा । पोखरा विमान दुर्घटनामा हराइरहेकामध्ये थप एकजनाको शव भेटिएको छ । सेतीखोँचमा थप एकजनाको शव भेटिएपछि अब तीनजनाको अवस्था मात्र अज्ञात रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए।
पछिल्लो शव सेतीको पानीबाट निकालिएको हो । घटनास्थलमा अहिले पनि उद्दार कार्य जारी छ । यस्तै, शवको पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको छ ।
प्रतिक्रिया