प्युठानको ३ वटै क्षेत्रमा एमालेको अग्रता कायमै

प्युठान । प्युठानका ३ वटै निर्वाचन क्षेत्रमा सुरुवातदेखि नै एमालेका उम्मेदवारहरुले अग्रता कायम गरिरहेका छन् ।

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्युठानमा प्रतिनिधिसभा तर्फ हालसम्म गौमुखी, ऐरावती, सरुमारानी, नौबहिनि, झिमरुकको मतगणना सकिएको छ । यो समाचार तयार पार्दासम्म अहिले मल्लरानीको १, २ नम्बर वडाको मतगणना सकिएको छ ।

बुधबार बिहानबाट ३ र ४ नम्बरर वडाको मतगणना भइरहेको छ । अहिलेसम्म एमालेका सूर्य थापाले २२ हजार ९५३ र जनमोर्चाकी दुर्गा पौडेलले १९ हजार ९ सय ९२ मत प्राप्त गरेका छन् । प्युठानमा प्रतिनिधीसभाको ४१ हजार ७ सय ७० मतगणना हुन बाँकी हुँदा सुर्य थापा २ हजार ९ सय ६१ मतले अगाडि रहेका छन् ।

प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा तुल्सिराम शर्मा ११ हजार १ सय ४० र कृष्ण अधिकारी ९ हजार १ सय २० मत प्राप्त गरेका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका हरि रिजाल ९ हजार ३ सय २२ र नेपाली कांग्रेसका रोज राणाले ८ हजार २ सय ७५ मत प्राप्त गरेका हुन् ।

मतगणनाको सुरुवातदेखि नै एमालेका उम्मेदवारहरुले अग्रता कायम गरिरहेका छन् । जिल्लामा ९ स्थानीय तह छन् । जिल्लामा १ लाख ५९ हजार ७ सय ६० रहेकोमा खसेको मत ८८ हजार ४७ मत खसेको थियो । प्रतिशतमा ५५.११ प्रतिशत मत खसेको थियो ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया