इलाम २ मा एमालेका नेम्वाङलाई पछि पार्दै कांग्रेसका खड्काको अग्रता

इलाम । संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रारम्भिक गत गणनामा पछि परेका छन् । इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा उनी पछि परेका हुन् । उनी ६६ मतान्तरले पछि परेका छन् ।

गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेवार डम्बरबहादुर खड्काले ३४२ मत ल्याउँदा नेम्वाङले २७६ मत प्राप्त गरेका हुन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले ४ मत र जनता समाजवादी पार्टीका याम प्रसाद लिम्बूले ३ मत प्राप्त गरेका छन् ।

६६८ मतगणना सम्पन्न भइसकेको छ । यो पहिलो अर्थात प्रारम्भिक मत परिणाम हो । इलाम क्षेत्र नम्बर १ को मत गणना जारी छ ।

प्रतिक्रिया