फिदिम नगरपालिका ४ र २ मा निःशुल्क आलु र तरकारीको बिउ वितरण

पाँचथर । फिदिम नगरपालिका वडा नं चार र दुइमा निशुल्क आलु र तरकारीको बिउ वितरण गरिएको छ ।
उक्त बिउ वडाको बजेटबाट किसानलाई निःशुल्क बितरण गरिएको फिदिम चारका वडाध्यक्ष उपेन्द्र लावतीले जानकारी दिए ।

वडा नं ४ का प्रत्येक कृषकले रु ३०० बराबरको बिउ पाएका छन् । आलु लानेले आलु, आलु नलानेले अन्य उक्त रकम बराबरको बिभिन्न जातका तरकारीको बिउ लगेकाे जनाइएको छ ।

त्यस्तै २ काे वडा कार्यलयले पाँचसय रुपैयाँ बराबरको तरकारीको बिउ वितरण गरेको छ । बितरित काउली, मुला, धनियाँ, प्याज, रायो लगायतका बिभिन्न जातका तरकारीकाे बिउ किसानलाई निशुल्क बिउ वितरण गरिएको वडाध्यक्ष दिननाथ अधिकारीले जानकारी दिए । उक्त बिउ वडाबाट ६२५ परिवारले लगेको अधिकारीको भनाइ छ ।

अघिल्लो वडा सरकारको पालामा ५० प्रतिशत अनुदानमा दिइने बिउ विजन, वर्तमान वडाध्यक्षले निशुल्क वितरण गरेका हुन् । फिदिम नगरपालिकाले तीन मेट्रिकटन आलुको उन्नत जातको बिउ वितरण गर्ने लक्ष्य लिएको कृषि तथा पशु पन्छी शाखाले जनाएको छ ।

प्रतिक्रिया