तिहारको देशभर भाइटीकाको रमझम भइरहँदा महोत्तरीको भगाह क्षेत्रमा कर्फु लगाउनु पर्ने अवस्था बन्यो । हिन्दू सम्राट सेना नाम गरेको एक संगठनले निकालेको र्यालीका क्रममा हिंसा भड्किए पछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड हवाइ फायरसमेत गर्नु परेको थियो । साथै कर्फु समेत लगाइएको थियो । समाचारमा आए अनुसार उक्त ¥याली मुसलमान बस्तीमा प्रवेश गरेपछि इट्टाका टुक्राहरु प्रहार भएका थिए । घटनाले साम्रदायिक झडपको रुप लिन लागेको सूचना पाए पछि प्रहरीले समयमै स्थितिलाई नियन्त्रणमा लिएको थियो ।
भारतीय सिमा नजिक रहेको तराई क्षेत्रमा विगतमा पनि यस्ता घटना छिटफुट रुपमा हुने गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रशासन सफल हुँदै आएको थियो । तर यस पटकको घटानामा राजनीति समेत मिसिएको छ । यो घटना निकै नै संवेदनशील छ ।
घटनाको प्रकृति हेर्दा एकाएक यो घटना भएको मान्न सकिन्न । मुलुकमा साम्प्रदायिक सद्भाव विथोल्ने पूर्वयोजनाका साथ र्याली निकाल्ने र र्याली माथि आक्रमण गर्ने काम भएको हो की ? भन्ने अनुमानलाई नजरअन्दाज गर्न मिल्दैन ।
यस्ता अवान्छित योजनाका सूचनाहरु समयमै प्राप्त गर्ने सूचना राज्य संयन्त्रले विकास गर्नु जरुरी देखियो । तत्कालका लागि भने यो घटना छानविनका लागि प्रभावकारी समिति गठन गर्नुपर्छ । साथै साम्प्रादायिक सद्भाव अभिवृद्धिका लागि ठोस पहल गर्नु पर्छ । घटनालाई हिन्दु– मुसलमान द्धन्द सँग जोडेर भातीय मिडियाले अतिरन्जित समाचार बनाएका छन् । यस्ता समाचार रोक लगाउन सरकारले तत्काल भारत सरकार सँग कुरा गर्नु पर्छ ।
नेपालमा हिन्दू–मुसलमानबीच सयौं वर्षदेखि भाइचाराको सम्वन्ध छ । धार्मिक संस्कार बाहेक अरु सबै कुरा एउटै छन् । द्धन्द हुनुपर्ने कुनै पनि कारण छैनन् । हाम्रो मुलुकमा यी दुई समुदाय एक आर्काका सहयोगी तथा परिपुरक हुन् । कहिले काँही सहोदर दाजुभाई वीच त झगडा हुन्छ भने हिन्दु परिवारको व्याक्ति र मुस्लिम परिवारको व्याक्ति वीच झगडा नहुने भन्ने प्रश्नै छैन । तर यस्ता झगडालाई धार्मिक नाम दिइनु हुँदैन । ढुक्क भएर बस्न सक्ने अवस्था रहेनछ, द्धन्द बढाउनका भित्र भित्रै राजनीतिक शक्तिहरुले कुनै न कुनै खिचडी पकाइ रहेका छन् भन्ने आशंका भगाह घटनाले सिर्जना गरेको छ ।
पहिलो कुरा त हिन्दु सम्राट सेना नाम गरेको संगठन धार्मिक नभएर राजनीतिक हो भन्ने हेक्का राख्नै पर्छ । राजतन्त्र पुनर्वाहाली गर्ने र एकल हिन्दुधर्म राज्य स्थापना यो संगठनको घोषित उद्देस्य हो । यो उद्देस्यका लागि यो संगठनले विभिन्न गतिविधि गर्दै आएको छ । तर यस्ता गतिविधिले खासै चर्चा पाएका थिएनन् ।
चुनावका मुखमा आफ्नो संगठनको चर्चा बटुल्नैका लागि उत्तेजक नारा लगाएर मुस्लिम समुदायको गाउँमा छिर्ने र गाउँलेहरुमध्ये केहीले इट्टा प्रहार गर्ने पूर्व योजना बनेको हुनसक्छ । ¥यालीमा बजेर उत्तेजक नारा लगाउने र घरको छतबाट इट्टा प्रहार गर्ने दुवै थरी युवाहरु राजावादीद्धारा पालित पोषित हुन् या होइनन् ? भन्ने यर्थाथता बाहिर आउनु जरुरी छ । केही वर्ष अघि एक जना गेरु बस्त्रधारी राजावादीले आँफैलाई गोली हान्न लगाएर क्रिश्चियनहरुले मार्न लागे भन्दै मिडियामा प्रचारबाजी गरेका थिए । संविधानमा धर्म निरपेक्ष भनिए पनि व्यवहारमा सनातन देखि चलिआएका परम्परा र संस्कारलाई राज्यको स्तरबाट संरक्षण गरिँदै आएको छ ।
त्यसैले हिन्दू धर्मावलम्बीहरु अप्रसन्न हुनुपर्ने कुनै कारण छैन । मुसलमान समुदायको पनि नेपालमा हजारौं वर्ष देखिको बसोबास हो । राज्यको तर्फबाट मुसलमान सुमदाय माथि कुनै विभेद गरिएको छैन । मुसलमान समुदाय नेपालमा ज्यादै अल्प संख्यामा छ ।
कुल जनसंख्याको ४ प्रतिशत भनेको निकै थोरै हो । त्यसमाथि पनि मेचीदेखि महाकालीसम्म छरिएर अन्य समुदायको परिपुरकका रुपमा बसेको छ । त्यसैले मुस्लिम समुदायले हिन्दु समुदाय माथि आक्रमण गर्ने संभावना छैन । तर आँफू माथि बढी थिचो मिचो भयो भने जति सुकै कमजोर मान्छेले पनि प्रतिकार गर्छ ।
प्रतिक्रिया