बारा । बाराको त्रिवेणी स्पिनिङ उद्योगमा मजदुर र प्रहरीबीच झडप भएको छ । बिहीबार दिउँसाे भएको झडपमा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिना, प्रहरी निरीक्षक राजकिशोर साह तेलीलगायत १० जना प्रहरी कर्मचारी घाइते भएका छन् ।
जिप्रका बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले लोकपथलाई जानकारी अनुसार घटना नियन्त्रणमा लिनका लािग प्रहरीले १ राउण्ड गोली र ३४ राउण्ड अश्रु ग्याँस प्रहार गरेको थियो ।
उनका अनुसार मजदुरहरुले आफूहरुलाई बोनस पाउनुपर्ने मागसहित आन्दोलन गरिरहको र घटनाको विषयमा बुझ्न प्रहरी पुग्दा झडप हुन पुगेको हो ।
‘सिइयो काठमाडौंबाट आएको बेलामा मजदुरहरुले आफूहरुले बोनस पाउनुपर्ने मागसहित आन्दोलन गरिरहेका थिए ।’ उनले भने, ‘सो क्रममा प्रहरी पुगेका थिए । त्यही बेला दुई पक्षबीच झडप भएको हो ।’
घाइते प्रहरीहरुको बाराको अल्पाइन अस्पताल र थप उपचारका लागि वीरगञ्जको गण्डक अस्पतालमा उपचार भइरहेको छ ।
दिउँसो २ बजेतिर झडप भएको र अहिले अवस्था सामान्य भइसकेको उनले बताए ।
प्रतिक्रिया