लमजुङ । लमजुङमा सार्वजनिक सवारीसाधनको नयाँ भाडादर निर्धारण गरिएको छ । जिल्लास्तरीय ग्रामीण अस्थायी मार्ग तथा भाडा निर्धारण समितिले लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधनको भाडादर तोकेको हो ।
समितिको बैठकले असोज १ गते शनिबार देखि लागू हुने गरी एक सय ३३ स्थानको विभिन्न रूटमा चल्ने गाडीको नयाँ भाडादर निर्धारण गरेको प्रमुख जिल्ला अधिकारी शुसिल बैधले बताए ।
बैठकले सदरमुकाम बेसीशहर देखि राजधानी काठमाण्डौ लगायत पोखरा, चितवन, विरगन्ज, सुनौली लगायत लामो दुरीका सार्वजनिक यातायात र जिल्ला भित्रका ग्रामिण सडकहरुमा समेत नयाँ भाडा दर निर्धारण गरेको हो ।
लमजुङ
प्रतिक्रिया