प्रतिनिधि सभाको लागि सिफारिस भएपछि राजनीतिमा सक्रिय हुँदै डा. मधु गुप्ता

पर्सा । आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि संघीय सांसदको लागि नाम सिफारिस भएपछि हरिनारायण रौनियारकी छोरी डा. मधु गुप्ता राजनीतिक कार्यक्रममा सक्रिय हुन थालेकी छन् । जनता समाजवादी पार्टी पर्साले पर्सा क्षेत्र ३ को संघीय सांसदको उम्मेदवारमा प्रत्यक्ष तर्फ डाक्टर गुप्ता र भरत गिरिको नाम सिफारिस गरेको छ । डाक्टर गुप्ता वर्तमान सांसद हरिनारायण रौनियारकी छोरी हुन् । यसअघि राजनीतिक गतिविधिमा खासै सकृय नदेखिएकी डाक्टर गुप्ता अहिले पार्टीले उम्मेदवारमा सिफारिस गरेसंगै भने राजनीतिक कार्यक्रममा देखिन थालेकी हुन् ।

यसै क्रममा बुधार वीरगन्जको होटल भिस्वामा आयोजित जसपा पर्साको अगुवा कार्यकर्ता भेलामा र बिहीबार मधेस विश्वविद्यालयको कार्यालय उद्घाटन कार्यक्रममा डाक्टर गुप्ता सहभागी भइन् ।

बुधबारको अगुवा कार्यकर्ता भेलामा जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवसंग भेटेर उनले राजनीतिक आसन्न निर्वाचन बारे छलफल पनि गरिन् । डा. गुप्ताले पर्सामा जसपालाई अझ बलियो बनाउन कुन कुन कुरामा ध्यान दिने भन्ने विषयमा अध्यक्ष यादवसँग पनि छलफल गरिन् ।

डाक्टर गुप्ताले आफनो पृष्ठभूमि राजनीति नभएपनि शिक्षित र सचेत नमगरिक भएकाले यहाका जनताको दुख र पिडासंग आफू निक्कै जानकार रहेको बताएकी छन् । उनले राजनीतिमा पढेलेखेका शिक्षित र सचेत युवाको प्रवेश र सकृयता अपरिहार्य भईसकेको ठानेर आफू पनि अब राजनीतिमा सकृय भएको बताइन् ।

प्रतिक्रिया