१३औँ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा र वृक्षारोपण

पर्सा । पर्साको जगरनाथपुर गााउँपालिका– ३ का वडाध्यक्ष सुभाषकुमार यादव र वीरगञ्ज नगरपालिकाको एडिबी परियोजना व्यवस्थापक इन्जिनियर नगिना यादवकी आमा स्व. शारदा देवीको १३औँ दिनको पुण्य तिथिमा बिहीबार श्रद्धाञ्जली सभा र वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

जगरनाथपुर गाउँपालिका– ३ गढैयास्थित निजी निवासमा भएको श्रद्धाञ्जली सभामा सहभागिहरुले स्व. आमाको तस्बिरमा फुल माला र अविरको टिका लगाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । श्री बाबा बैजनाथ आधारभूत विद्यालय गढैयामा वृक्षारोपण गरिएको नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ का सचिव बलिष्टर अहमदले बताए ।

साथै, आमाको सम्झनामा छोराद्वय सुभाष र नगिनाले श्री बाबा बैजनाथ आधारभूत विद्यालय गढैयालाई व्हाट बोर्डसमेत सहयोग गरेको क्षेत्रीय सचिव अहमदले जानकारी दिए ।

नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको प्रमुख आतिथ्यमा भएको श्रद्धाञ्जली सभा तथा वृक्षारोपण कार्यक्रममा प्रदेशसभा सदस्य शंकारप्रसाद चौधरी, जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव, नेपाली कांग्रेस पर्साका जिल्ला कोषाध्यक्ष प्रेमबहादुर थापा, नेता सहरुम राउत गद्दी, क्षेत्रीय सचिव बलिष्टर अहमद, क्षेत्रीय कोषाध्यक्ष बिनय भूषण द्विवेदी, सुरेन्द्र सिंह क्षेत्री, वडाध्यक्ष बिहारी महतो नुनिया, नेपाली प्रसाद कुशवाहा लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया