सानिमा बैंकले सी-अस्वा शुल्क नलिने

काठमाडाैं । सानिमा बैंक लिमिटेडले प्राथमिक पुँजी बजार (आईपीओ) निष्कासन तथा दोस्रो पुँजी बजारमा लगानीकर्ताका लागि सी आस्बा शुल्क नलिने भएको छ ।

नेपाल धितोपत्र बोर्डले सी आस्वा शुल्क ५ रुपैयाँ लिनसक्ने उल्लेख गरेपछि सानिमाले ग्राहकको सुविधालाई ध्यानमा राख्दै पूर्णरूपमा निशुल्क बनाएको हो । यसअघि सी आस्वा शुल्क २० रुपैयाँ थियो । तर, धितोपत्र बोर्डले त्यसलाई घटाई ५ रुपैयाँ शुल्क तोकेको थियो ।

सानिमाले शुल्क नलिने घोषणा गरेसँगै अब लगानीकर्ताले यस बैंकको सी आस्वा सेवा प्रयोग गरेबापत कुनै शुल्क तिर्नुपर्ने छैन । हाल ४ वटा बैंकले सी–आस्वा सेवा प्रदान गर्दै आएका छन् ।

आईपीओ नपर्ने र बैंकले सी आस्वा चार्ज पनि धेरै असुल गर्दा सर्वसाधारण मारमा परिरहेका थिए ।

प्रतिक्रिया