निजामती कर्मचारी संगठन पाँचथरले मनायो तीज

पाँचथर । नेपाल निजामती कर्मचारी संगठनले तीज बिशेष शुभकामना आदानप्रदान प्रदान गरि तीज मनाएका छन् । उत्तm तीजको कार्यक्रममा दर खुवाइ नाचगान गरिएको थियो। कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय सदस्य प्रकाश अधिकारीले कर्मचारी बिभिन्न स्थानबाट आउने र लामो समय बिदा नहुने पर्व भएको कारण घरमा जान सम्भव नहुने हुदा कर्मचारीहरुको अभिभावकको निर्वाह गर्न यो पर्व मनाइएको जनाएका थिए ।

कार्यक्रममा फिदिम नगरपालिका उपप्रमुख राधाकृष्ण न्यौपानेले तीज अहिले आएर पारिवारिक र सामाजिक सद्भाव कायम राख्न भन्दा नि भड्किलो खर्चिलो बन्दै गएको कारण समाजमा बिकृती निम्तन थालेको जनाए ।

उक्त कार्यक्रममा पाँचथर जिल्लाको याङवरक गाउँपालिका उपाध्यक्ष बाबा मेन्याङ्बो, हिलिहाङ गाउँपालिका उपाध्यक्ष सुमित्रा सेडाइ, प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

तीज कार्यक्रमको संगठनका अध्यक्ष प्रेमबहादुर काफ्लेको अध्यक्षतामा प्रदेश नं १ को सांसद आशा रत्न जबेगुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य संगठन सदस्य एलिसा उप्रेतीले गरेकी थिइन् भने कार्यक्रम संचालन संगठन उपाध्यक्ष सरस्वती सिवाकोटीले गरेकी थिइन् ।

कार्यक्रममा बिभिन्न संघ संस्था प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा औपचारिक कार्यक्रम पश्चात दर खाने र नाचगान गरि मनाइएको थियो । सहभागी नारि तथा पुरुष जनले नाचेर धुम मच्चाएर मनोरञ्जन प्रदान गरेका थिए ।

प्रतिक्रिया