पाँचथर । फिदिममा लिम्बू पुष्प थाम्सुहाङको ‘लिम्बू काव्य को प्रवृत्तिगत समालोचना पुस्तक’ सोमबार लोकार्पण गरिएको छ । उक्त पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले लोकार्पण गरेका हुन् ।
साहित्यकार पुष्प थाम्सुहाङ सुब्बाको ‘लिम्बू काव्यको कृति प्रवृत्तिगत समालोचना लोकार्पण’ भएको छ । उक्त कृति नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो ।
पुस्तक प्रकाशन गर्न लाइ याक्थुङ प्रज्ञा प्रतिष्ठानले समन्वय गरको छ । लोकार्पणको आयोजना नौलो साहित्यिक बिहान र याक्थुङ प्रज्ञा प्रतिष्ठानले गरेका थिए । पुस्तक पाँचथर साविक याङनाम गाविसमा जन्म भएका पुष्प थाम्सुहाङको लिम्बू सिरिजङ्गा लिपिलगायत २० वटा कृति प्रकाशित छन् ।
उक्त पुस्तक र जिवनीबारे समिक्षक युवा साहित्यकार मधुराज केरुङले कृतिहरूमा बौद्धिकता, अनुभूति र साधना समिक्षण रहेको बताए । समिक्षक केरुङले थाम्सुहाङले विभिन्न थाङसाङ, सुमात्तलुङ पत्रिका समेतमा सम्पादन गरेका थिए ।
पुस्तकबारे साहित्यकार डाक्टर वेवि क्षेत्रि दुलाल, प्रतिष्ठानका प्राज्ञ सभा सदस्य हरिचन्द्र लावतीले भाषिक साहित्यको लिपि उजागरसहित टिप्पणी गरेका थिए ।
लोकार्पणका प्रमुख अतिथि प्रज्ञ प्रतिष्ठानका कुलपति उप्रेतीले स्वर्गीय थाम्सुहाङको लिम्बू कृतिमा योगदान पुर्याएका र नेपाली मातृभाषा, साहित्यमा महत्वपूर्ण कृति प्रकाशन गरेको बताए ।
प्रतिक्रिया