पर्सा । पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा (माओवादी केन्द्र) ले पार्टी प्रवेश र कमिटि गठनलाई निरन्तरता दिएको छ । सोमबार पनि जगरनाथपुर गाउँपालिकामा १ पान्डेपुर पिडारीमा वडा कमिटी गठन गरिएको छ ।
कार्यक्रममा जसपा परित्याग गरि वडा समितिका ५० जना नेता कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य टेकबहादुर शाक्य, केन्द्रीय सदस्य बिरेन्द्रप्रसाद यादव, प्रदेश सदस्य सलाउद्दीन अहमद लगायतले स्वागत गरे ।
कार्यक्रममा केन्द्रीय सदस्यद्वय शाक्य र यादव, अहमद, कृष्णमोहन प्रसाद यादव, नेता सरिफ गद्दी, सहरुम गद्दी, गोरा थारु, शिव प्रसाद लगायतले मन्तव्य राख्नु भएको थियो ।
यसैबीच सोमबार नै शिव प्रसाद महतोको अध्यक्षता ३१ सदस्यीय वडा कमिटी गठन गरिएको नेकपा माओवादी केन्द्र मधेस प्रदेश समितिका सदस्य सलाउद्दीन अहमदले जानकारी दिए ।
त्यस्तै पर्साको जगरनाथपुरमा स्थानीय सरकारले अझैपनि सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेको पाईएको उनले बताए । गाउँपालिकाले सामाजिक सुरक्षा भत्ताको लागि माग नगरेकोले अझै पनि लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेको उनले बताए ।
पर्सा
प्रतिक्रिया