पर्सा । योङ्ग कम्युनिष्ट लिग वाइसिएलको दोस्रो राष्ट्रिय भेलाबाट सन्तोष पटेल केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।
भिखमपुर जनसमुदायक केन्द्रका अध्यक्ष समेत रहेका पटेल वाइसिएलको केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् । उनी युवा निर्माण व्यवसायी पनि हुन् । पटेलले युवामा लगानी गरेर विकासमा युवाको साझेदारीले नै समृद्धिमा टेवा पुर्याउँने बताए ।
सरकारले युवा रोजगारीको नयाँ अवसरका लागि तत्काल कृषि र पर्यटनमा नै लगानी बढाउन आवश्यक रहेको उनको भनाई छ । कृषिमा युवाको आकर्षण बढाउन व्यावसायिक कृषिमा जोड दिनु जरुरी रहेको पटेलले बताए ।
पर्सा
प्रतिक्रिया