नेता गिरिको निधनले लहान नगरपालिकामा शोक बिदा

जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनमा सिरहाको लहान नगरपालिकाले शोक बिदा दिएको छ । लहान नगरप्रमुख महेश चौधरीले नेता गिरीको निधनमा नगरपालिकाले आज शोक बिदा दिएको बताए ।

लहान–१० निवासी गिरिको उपचारका क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति साढे ९ बजे निधन भएको थियो ।

उनको निधनले लहान नगरपालिकास्थित बस्तीपुरगाउँ शोकमा डुबेको छ । समाजवादी चिन्तक गिरि गत विसं २०७४ को निर्वाचनमा सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया