संघ र प्रदेशसभाको निर्वाचन मिति घोषणा

डा. डीआर उपाध्याय

जबसम्म देशमा इमानदार नेता जन्मिदैनन् तव सम्म देशको भबिश्य अन्धकार नै हुन्छ । देश र जनताको भबिश्य उज्वल बनाउने राजनीतिक दल र तिनका उम्मेदवारलाई हामी सबै सचेत मतदाताहरुले छान्न सक्यौ भने मात्र केहि आशा पलाउन सक्छ । हिजो पनि तिनै आज पनि तिनै दोहोरिएर आए भने देश बन्छ भन्ने कुरा आश नगरे पनि हुन्छ । नयाँ उर्जाशिल युवा नेताहरुलाई भोट दिएर जिताउनु पर्ने आबश्यकता भएको छ । भोट दिँदा पटक पटक सोचेर राम्रा उम्मेदवारलाई दिनु पर्छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा भएको छ । यो स्वागतयोग्य कुरा हो । चुनाव समयमै हुनु पर्छ । यसमा कोही दाया बाया गर्नु हुदैन । चुनाव निष्पक्ष हुनु पर्छ । निर्वाचन मिति घोषणा सँगै राजनीतिक दलहरु चुनाव केन्द्रित बन्न थालेका छन । सत्ता गठबन्धनमा सामेलदलहरु मिलेरै चुनावमा जाने कुरा गरिरहेका छन । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पनि सत्ता गठबन्धनमा सामेल दलहरु करिव २ सय पालिकामा मिलेरै चुनावमा गएका थिए ।


प्रम्ख प्रतिपक्षी नेकपा एमालेलाई कमजोर बनाउन सत्ता गठबन्धन हात धोएर लागेको छ । लामो समय देखि सत्ता र शक्तिमा रहेकाहरुले देश र जनताको भबिश्य राम्रो बनाउन नसकेका कारण तिनीहरुको बिकल्पमा साना र नयाँ दलहरु पनि सक्रिय बन्दै आएका छन । पुराना दलहरुले अवसर पाएर पनि खासै राम्रो काम गर्न सकेनन् । जनतामा एक खालको बितृष्णा पैदा भइरहेको छ । चुनाव भन्ने चिज खर्चिलो र महंगो बन्दै गएको छ । लामो समय सम्म राजनीतिमा जीवन बिताएका तर पैसा नभएका त्यागी र निष्ठावान राजनीतिकर्मीहरु हत्तपत्त उम्मेदवार बन्न आँट गर्न सकिरहेका छैनन् किनभने चुवाव लडन पैसा खर्च हुन्छ ।


आज देशमा राजनीति सहि ढंगले अघि बढन सकिरहेको छैन । राजनीतिलाई सहि बाटोमा ल्याउन सबै भन्दा पहिला नेताहरु इमान्दार बन्न सक्नु पर्छ । आउँदो चुनावमा जनताले के फैसला गर्छन त्यो त हेर्न नै बाँकी छ । तर नेताहरुले बिगतमा जस्तो भ्रम फैलाएर भोट तान्न भने समस्या नै हुने छ । देशका धेरै ठाउँबाट स्वतन्त्र उम्मेदवारहरु पनि उठने सम्भावना बढेर गएको छ । जनता भनेका सर्वोच्च शक्ति हुन । जनताको शक्तिले नै सबै राजनीति फैसाला हुन्छ । राजनीतिमा इमान्दार नेताको अभाव खडकिरहेकै छ । जबसम्म देशमा इमानदार नेता जन्मिदैनन् तव सम्म देशको भबिश्य अन्धकार नै हुन्छ । देश र जनताको भबिश्य उज्वल बनाउने राजनीतिक दल र तिनका उम्मेदवारलाई हामी सबै सचेत मतदाताहरुले छान्न सक्यौ भने मात्र केहि आशा पलाउन सक्छ । हिजो पनि तिनै आज पनि तिनै दोहोरिएर आए भने देश बन्छ भन्ने कुरा आश नगरे पनि हुन्छ । नयाँ उर्जाशिल युवा नेताहरुलाई भोट दिएर जिताउनु पर्ने आबश्यकता भएको छ । भोट दिँदा पटक पटक सोचेर राम्रा उम्मेदवारलाई दिनु पर्छ ।


नेताहरुको भाषण सुन्ने र भ्रममा पर्ने दिन अब गए । अब आफै बिबेक प्रयोग गर्ने बेला आएको छ । लोकतन्त्रको आधारशीला आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, व्यवस्थापिका–संसद् र क्रियाशील कार्यपालिका हुन्। लोकतन्त्रको विकल्प भनेको लोकतन्त्र नै हो । लोकतन्त्र बलियो र सवल बनाउन राजनीतिक दलहरु नै जिम्मेवार ढंगले अघि बढनु पर्छ । दलहरु बिग्रिदा लोकतन्त्र कमजोर बन्न सक्छ । दलहरुले जनतालाई बिश्वास दिलाउन सक्नु पर्छ । त्यसो भयो भने मात्र ब्यवस्था बलियो बन्न सक्छ । आवधिक निर्वाचन नै लोकतन्त्रको आधारशीला हो । लोकतन्त्रमा निर्वाचन देखि कोही भाग्नु हुदैन । लोकतन्त्रमा बिश्वास गर्ने सबैले निर्वाचनमा भाग लिनु पर्छ । जित्ने हार्ने भनेको बेग्लै कुरा हो । राम्रा जनप्रतिनिधि छान्नका लागी बुझेर मात्र आम नागरिकले मतदान गर्नु पर्ने हुन्छ ।


स्थानीय तह निर्वाचन भर्खरै सकिएको छ। जनप्रतिनिधिहरु काममा लागेका छन । सबै स्थानीय तहमा मतदाताहरुले आ–आफ्ना जनप्रतिनिधि चुनिसकेका छन । सबै नयाँ निर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यभार सम्हालिसकेका छन्। गत स्थानीय तह निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा धेरै स्वतन्त्र उम्मेदवारहरू निर्वाचित हुनुले पनि राजनीतिक दलहरुले उम्मेदवार चयन गर्दा विशेष ध्यान दिनु पर्ने चुनौती खडा भएको छ। आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा देशका प्रमुख राजनीतिक दलहरूले आफ्ना उम्मेदवार चयन गर्दा बिशेष ध्यान दिन सकेनन् भने निर्वाचन पछि पछुताउने दिन आउन सक्छ । अब खल्तिका उम्मेदवारले जित्ने जमाना गए ।

चुनावमा सक्षम, शिक्षित तथा नेतृत्व लिन सक्ने युवा तथा महिलालाई अघि सार्नुपर्छ । सबै राजनीतिक दलहरु भित्र गुट उप गुट जन्मिएका छन । गुट उप गुटले सबै राजनीतिक पार्टीहरु थला परेका छन । प्रमुख राजनीतिक दलहरुमा गुट उपगुटको रोगले सताएको छ । आ–आफना पार्टी भित्र गुट उपगुटले एकले अर्कोलाई सिध्याउने कोसिस गरिरहेका छन । पार्टीहरु एक ढिक्का भएर अघि बढन सकिरहेका छैनन् । जसले चुनावमा घात र अन्तरघात हुने गरेको छ । चुनावमा जादा जनतालाई आश्वासन मात्र बाँढ्ने जुन राजनीतिक पार्टीहरुको परम्परा छ त्यसले पार्टीहरुलाई घाटा पु¥याइरहेको छ । चुनावमा आश्वासन बाँढने चुनाव जितेर गए पछि त्यसको कुनै मतलव नगर्ने हाम्रा राजनीतिक दल र नेताहरुको बानी छ । यो राम्रो पटक्कै होइन, आफूले पुरा गर्न सक्ने आश्वासन मात्र दिनु पर्छ ।


आफनो पक्षमा भोट तान्नलाई जे मन लाग्छ त्यस्तो आश्वासन दिनु भनेको जनबिश्वास गुमाउनु हो । यो कुरामा सबै राजनीतिक पार्टी र तिनका नेताहरु सचेत हुन जरुरी छ । अब जनताले भाषणलाई आधार मानेर बिगतमा जस्तै भोट दिइहाल्छन भन्ने सोच कुनै पनि नेताहरुले नराखे हुन्छ । अहिलेका जनता धेरै सचेत भइसकेका छन । अब जनताले उधारो आश्वासन होइन, परिणाम खोजेका छन । अब राजनीतिक दलहरु चुनावमा जादा परिणाम लिएर जान सक्नु पर्छ । पटक पटक सरकारमा गएर पनि प्रमुख दलहरुले केही गर्न सकिरहेका छैनन् । जनतामा निराशा मात्र छ । महंगी बढेको बढै छ । युवाहरुले रोजगारी पाउन सकिरहेका छैनन् । बिरामी हुँदा महंगो उपचार गरिरहनु परेको छ । छोरा छोरीलाई पढाउदा महंगो शिक्षा दिनु परेको छ । यस्ता खालका धेरै समस्या जनताले भोग्दै आएका छन । यी समस्या समाधान गर्न जुन सुकै पार्टी सरकारमा गए पनि समाधान गर्न सकेका छैनन् ।


जनताले पुराना पार्टीहरुलाई धेरै पटक परिक्षण गरिसकेका छन । पुराना पार्टीहरुले अब चुनावी एजेण्डा के बोकेर जालान ? उनीहरु सँग चुनावी एजेण्डा नै छैनन् । जनतालाई कति ढाँटने ? पुराना पार्टीहरुलाई चुनावमा समस्या हुने सम्भावना बढेर गएको छ । नेपाली काँग्रेस समेत एक्लै चुनाव लडने आँट गर्न सकिरहेको अबस्था छैन । माओवादी र नेकपा एकिकृत समाजवादी पार्टी एक्लै चुनावमा जान नसकेर गठबन्धन जोगाएर जान खोजेका छन ।


सरकारको निर्णयपछि मुलुक चुनावमा होमिएको छ । निर्वाचन आयोगले सरकारले गरेको निर्णय बमोजिम चुनाव गराउन तयार रहेको प्रतिक्रिया दिएको छ । सरकारको निर्णयपछि चुनावबारे छाएको एक खालको अन्योल हटेको छ । अब सिंगो मुलुकको ध्यान चुनाव तर्फ केन्द्रित हुने निश्चित छ । चुनावमा सत्ता गठबन्धन कायम रहने सम्भावना बढी छ । नेकपा एमालेविरुद्धको गठबन्धन हो यो । अघिल्लो चुनावमा कांग्रेसविरुद्ध गठबन्धन भएको थियो । तर राजनीतिमा असम्भव केही हुन्न । कति बेला के हुन्छ यसै भन्न सकिदैन । समयमै चुनाव हुनु आफैमा लोकतान्त्रिक प्रक्रिया हो । लोकतन्त्रमा नियमित निर्वाचन सामान्य र आधारभूत कुरा हो । नेपालको राजनीति सधैं अस्थीरताबाट गुज्रिएर आएको छ । देशमा राजनीति अस्थीरता आयो भने देशको बिकास हुदैन । देशको बिकासका लागी स्थिर सरकार चाहिन्छ । चुनावमा मतदाताले विवेक प्रयोग गरेनन् भने भोलीका दिनहरुमा समस्या आउने निश्चित छ ।

प्रतिक्रिया