७९ जना यात्रु बोकेको श्रीएअरलाइन्सको जहाज आकस्मिक अवतरण

नेपालगञ्ज । नेपालगञ्ज विमानस्थलमा आज श्रीएअरलाईन्सको जहाज आकस्मिक रुपमा अवतरण भएको छ । जहाजमा धुँवा देखिएपछि जहाज उडेको ६ मिनेटमा नै आकस्मिक अवतरण भएको श्रीएअरलाईन्स, नेपालगञ्ज स्टेशन प्रमुख पर्शुराम चौधरीले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्जबाट काठमाडौंतर्फ जान लागेको ९ एन— एएनएफ ४३२ नम्बरको श्रीएअरलाइन्सको जहाज आकस्मिक अवतरण भएको हो । सो जहाजमा ७९ जना यात्रु सवार रहेको र सबै सकुशल रहेको प्रमुख चौधरीले बताए । ‘काठमाठौंबाट इञ्जिनीयरको टोली आएर त्यसको विस्तृत अनुसन्धानपछि कारण पत्ता लाग्न सक्छ’, चौधरीले भने ।

विमानस्थल कार्यालयका अनुसार जहाजको अवतरणका क्रममा ‘फूल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो । जहाज सुरक्षित अवतरण भएको र विमानको प्राविधिक जाँच सुरू भएको बताइएको छ ।

प्रतिक्रिया