सिराहा । सिराहाको ‘माँ भगवती वेकरी एन्ड स्विट्स हाउस’ को समोसामा किरा भेटिएको सूचना पाएपछि जिल्ला प्रशासन कार्यलय सिरहाका अनुगमन टोलीले छापा मारेको छ ।
सेवाग्राहीको नास्तामा किरा फेला परेको सूचना प्राप्त भएपछि जिल्ला प्रशासन कार्यलय सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको निर्देशनमा प्रशासकीय अधिकृत नेतृत्वको अनुगमन टोलीले ‘माँ भगवती बेकरी एण्ड स्वीट्स हाउस’ मा छापा मारेको हो ।
टोलीले माँ भगवती बेकरी एण्ड स्वीट्सको किचेन र होटेलमा खानेकुरा राखिने स्थानको अनुगमन गरेको छ । टोलीले गल्ति सुधार गर्न र सरसफाईमा पूर्ण ध्यान दिन होटेलका सञ्चालक गणेश साहलाई चेतावनी दिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताए ।
अनुगमनको क्रममा उक्त होटलमा आत्याधिक खाने सामग्रीहरु बासी पाइएको प्रशासकीय अधिकृत श्याम राउतले जानकारी दिए । होटलमा अत्यधिक फोहोर र अव्यवस्थित तरिकाले कर्मचारी खटाइएकोले खाने समानमा किरा भेटिनु स्वाभाविक रहेको उनले बताए ।
बुधबार दिउँसो चाट नास्ता खादा समोसाभित्र मरेको अवस्थामा किरा फेला परेको थियो । गोलबजारका सेवाग्राही राम भरोसी यादवले किरा परेको समोसा खाँदा आफू बिरामी परेको दाबी गरेका छ्न् ।
उनका अनुसार होटेलमा सरसफाइको बारेमा पटक–पटक सचेत गराउँदा पनि होटेलका सञ्चालक गणेश साहले बेवास्ता गरेका थिए । मान्छेको भीडभाड हुने होटेलमा किरा भेट्नु मानव स्वास्थ्य जीवन उपर ठाडो खेलवाड भएको पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य देवकुमार यादवले बताए ।
उक्त होटेल वरपर जिल्ला अदालत, मालपोत कार्यालय, रेडक्रस सोसाइटी ,वार एसोसियनलगायतका कार्यालय छन् । यसैबीच नास्तामा मरेको माहुरी भेटेको होटेल सञ्चालकले स्वीकारेका छन् ।– मुकेशकुमार यादव, न्युज कारखाना
प्रतिक्रिया