पर्सा । नागरिकता विधेयक २०७९ ऐन संसदबाट राष्ट्रपति समक्ष पेस भएको खुसीयालीमा पर्साको पोखरिया नगरपालिकामा नेपाली कांग्रेसका नेता ,कार्यकार्ताले दीप प्रज्वलन गरेका छन् । पोखरिया नगरपालिका वडा ४ पोखरिया बजारमा रहेको बस बिसौनी चोकमा दीप प्रज्वलन गरेर खुसीयाली मनाएका हुन् । नेपाली कांग्रेस पोखरिया नगर कमिटी अध्यक्ष रामबाबु प्रसाद चौहानको नेतृत्वमा भएको सो कार्यक्रममा पोखरिया नगरपालिकाका पूर्व मेयर दिपनारायण रौनियार पनि सहभागी थिए । दीप प्रज्वलन तथा स्वागत कार्यक्रममा बोल्दै पूर्व मेयर रौनियारले भने, ‘नेपालमा रहेको नागरिकताबिहिनले नागरिकता पाउने छन् । कांग्रेसको नेतृत्वमा भएको यो राम्रो कामको स्वागत गरौं ।’
कार्यक्रममा नेपाली कांग्रेसका नेता बिरेन्द्र पाण्डेय, प्रमोद राय, वडाध्यक्ष लक्षमण साह कानु , प्रमानन्द प्रसाद कुर्मी, किशोरी साह, सोनालाल साह गोढ, सियानन्द चौहान, समेत दर्जनौं नेता कार्यकर्ताहरु को सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ३ का क्षेत्रीय सचिव सुरेन्द्र प्रसाद सिंहले गरेका थिए ।
प्रतिक्रिया