लागुऔषधसहित श्रीमान्, श्रीमती र आफन्त पक्राउ

महोत्तरी । लागुऔषधसहित महोत्तरीमा एकै घरका ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली दुधौली १० बस्ने श्रीमान्, श्रीमती प्रदिप सेन्चुरी र दिलमाया भुजेल, प्रदिपका आफ्न्त २२ वर्षीय विशाल सेन्चुरी रहेका छन् ।

आज अपरान्ह औरही कठुधारास्थित प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट प्रतिबन्धित लागुऔषध नाइट्रोभेट १० लेखिएको ९९ पिससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरिको अनुसार तीनै जना बर्दिबास–सम्सी सडक खण्डमा पैदल हिँड्दै गर्दा संकाका आधारमा चेकजाँच गर्दा उक्त लागुऔषध फेला परेको थियो ।

पक्राउ परेका उनीहरु अहिले इलाका प्रहरि कार्यालय गौशालाको हिरासतमा छन् । उनीहरुलाई जिल्ला अदालत महोत्तरीबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

प्रतिक्रिया