छिपहरमाई गाउँपालिकामा ४८ करोड १९ लाखको बजेट प्रस्तुत

पर्सा । पर्सा जिल्लाको छिपहरमाइ गाउँपालिकाको १४औँ गाउँ सभामा आर्थिक बर्ष ०७९/८० को नीति तथा कार्यक्रममा ४८ करोड १९ लाख ६४ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरिएकाे छ । गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत शम्भुप्रसाद गुप्ताले आर्थिक बर्ष ०७९/८० को नीति तथा कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।

छिपहरमाई गाउँपालिकाको १४औँ गाउँ सभाको उदघाटन गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ताले गरे । बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, लगायत भौतिक पूर्वाधार बिकासको योजनाहरू प्राथमिकता राखेको अध्यक्ष गुप्ताले बताए ।

प्रत्येक वडाहरुमा वडा र गाउँपालिकामा बराबर बिकास निर्माण र अन्य कामको रकम बिनियाेजन गरिएको छ । समाजिक सुरक्षा स्वास्थ्य, शिक्षा, कृषि लगायत भौतिक पुर्वधार बिकासलाई विशेष प्राथमिकतामा रहेको अध्यक्ष गुप्ताले बताए ।

स्वास्थ्य, शिक्षा, कषि, पोषण, बाल संरक्षण तथा सरसफाइ विपदजोखिम न्यूनीकरण र बाल केन्द्रित योजना कार्यक्रमको लागि नेपाल सरकार र अन्यबाट आउने अनुमानित बजेट जम्मा ४८ करोड १९ लाख ६४ हजारको अनुमानित बजेट पारित गरिएको थियो ।

कार्यक्रममा गाउँपालिका, उपाध्यक्ष लिलावती देवी कानु, गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत शम्भुप्रसाद साह, बिषेश प्रतिनिधि किशोरी साह कानु, वडाध्यक्ष कामेश्वरप्रसाद यादव, महेन्द्रप्रसाद कलवार, दिपेन्द्र सिंह, रामेश्वर महतो केवट, मौजिलाल साह कानु लगायत कार्यपालिका सदस्यहरूकाे सहभागिता रहेको थियो । गाउँ सभामा ईन्जिनियर प्रकासकुमार गुप्ता, प्रसांतकुमार गुप्ता, आइटी अफिसर संजिव यादव, स्वरोजगार संयोजक मुकेस चौरसियालगायतका कर्माचारी, पत्रकार र सुरक्षाकर्मीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया