काठमाडौं महानगरले ल्यायो तीन दमकल

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन वटा दमकल ल्याएको छ । मेयर बालेन शाहका अनुसार तीन दमकल खरिद गरिएको छ ।

यी दमकल यसअघिका मेयर विद्यासुन्दर शाक्यकै पालामा खरिद प्रक्रियामा गएको थियो । पहिले नै अघि बढेको योजनाअनुसार तीन दमकल महानगर आइपुगेको मेयर शाहले बताए । आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिवद्ध रहेको पनि उनले बताए ।

प्रतिक्रिया