पोखरिया नगरपालिकाको बजेट पारित

पर्सा । पर्साको पोखरिया नगरपालिकाले अगामी आर्थिक वर्ष २०७९/८० दोस्रो नगर सभाबाट पारित बजेट सार्वजनिकिकरण कार्यक्रम सम्पन्न गरेको छ । नगरसभा कार्यक्रमबाट नगरप्रमुख प्रधुमन चौहानको आदेशमा प्रमुख प्रशासकीय अधिकृत असोक रौनियारले अगामी आर्थिक वर्षको लागि ५१ करोड ९० लाख १४ हजार बराबरको बजेट सार्वजनिक गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख चौहानले भने, ‘मेरो पहिलो प्राथमिकता शिक्षा स्वास्थ्य, कृषि, सिचाइ, लगायत पर्यटन र भौतिक पुर्वाधार बिकास रहेको छ ।’ पोखरियाको टाउन प्लानिंग को समस्यालाई छिटै समधान गर्ने उनले बताए । साथै पोखरिया नगरको विकासको लागि जनप्रतिनिधि र कर्मचारीहरु को सहयोग अनिवार्य रहेको उनले बताए । पोखरियाका कर्मचारीहरु को लागि सेवा सुबिधा समेत तलब बढाएको नगर प्रमुख चौहानले बताए ।

काम गर्ने कर्मचारीहरु लाई पोखरिया नगरपालिका ले प्रोत्साहन स्वरुप पुरस्कृत समेत गर्ने र पोखरियाको विकास र सर्वसधारणलाई दुख दिने र अटेर गर्ने कर्मचारीहरु लाई कारवाही समेत गर्ने नगर प्रमुख चौहानले बताए ।

कार्यक्रममा उपमेयर रुबी ठाकुर, प्रमुख प्रसाशकीय अधिकृत अशोक कुमार रौनियार, कार्यक्रममा वडाध्यक्ष प्रमोद गिरी, केदार महतो, रामप्रबेश चौहान, लक्ष्मण साह, महेन्द्र महतो चौहान, सियानन्द चौहान, प्रमेन्द्र प्रसाद कुर्मी, किशोरी साह, नौसाद आलम , सोनालाल साह, कार्यपालिका सदस्य अजय गुप्ता, रामबचन महतो, राधा साह, लगायत, कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मी को सहभागिता रहेको थियो । कार्यक्रम संचालन लेखापाल मनोज तिवारीले गरेका थिए । नगर सभाबाट सेवा निवृत कार्यालय सहयोगी सुरेह प्रसादलाई बिदाई समेत गरिएको थियो ।

प्रतिक्रिया