आकाशे पानीको पर्खाइमा ग्रामीण भेगका किसान

पर्सा । पर्साको ग्रामीण भेगका किसानहरु अकाशे पानीको पर्खाइमा रहेका छन् । यता एक सप्ताहदेखि वर्षा नहुँदा आकाशे पानीको भरमा धानखेती गर्ने किसानहरू चिन्तित भएका छन् ।

असार महीनाको अन्तिमसम्म पनि वर्षा नहुँदा धानको बीउ खसालेका किसानहरूको बीउ जल्न लागेको किसानहरुको गुनासो छ । असार महिनाको १५ दिन पहिला वर्षा भएको तर त्यसपछि असार बितिसक्दा पनि वर्षा नभएको कारण किसानहरु चिन्तित भएका छन् ।

एक सप्ताह पहिला वर्षा हुँदा धानको बीउ तयारी नरहेको र अहिले बीउ तयारी हुँदा एक सप्ताह वर्षा नभएको र आकाशे पानीको पर्खाइमा रहेको लंगडीका किसान लालबाबु पटेलले दुखेसो पोखे । एक सप्ताह पहिला भएको वर्षाको बेला ३० प्रतिशत किसानहरुले खेत रोप्न सकेका छन् ।

अहिले ७० प्रतिशत किसानहरु अकाशे पानीको पर्खाइमा छन् । केही खोलाको नजिका खेत रहेका किसानहरुले दमकलबाट पानी राखेर खेत रोप्ने काम गरिरहेका छन् । अकाशे पानी नपर्दा खेत बाँझै रहने हो कि भन्ने चिन्ता रहेको अर्का किसान सुरेश महतो ले बताए ।

नेपाल कृषि प्रधान देश नामको लागि रहेको मात्रै भएकोमा उनले गुनासो गरे । किसानको नाममा करोडौँ रकम सखाप भइरहेको र सरकार कृषकहरुलाई ना समयमा न मल न पानी उपलभ्ध गराउन नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया