एमाले बझाङ जिल्ला अध्यक्षमा भण्डारी निर्विरोध

बझाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले बझाङको ८औँ अधिवेशनबाट जिल्ला अध्यक्षमा दमन भण्डारी निर्विरोध चयन भएका छन् । शनिबार भएको निर्वाचन प्रक्रियामा एकल उम्मेदवारी परेपछि भण्डारी निर्विरोध पुन निर्वाचित भएका हुन् ।

यस्तै जिल्ला सचिवमा नयन बोहरा, लोकेन्द्र हिलारी, लोकेन्द्रबहादुर सिंह र आनन्दलाल विक गरी ४ जनाको उम्मेदवारी परेको छ ।

उपाध्यक्षमा मोहनराज जोशी र विरेन्द्रबहादुर खड्का गरी दुई जनाको उम्मेदवारी परेको छ । त्यस्तै उपसचिवमा भागरथीदेवी सिंह, लालबहादुर विष्ट, जुना जाग्री, घुरनबहादुर बोहरा र भुवनेश्वर उपाध्याय गरी ५ जनाको उम्मेदवारी परेको छ । यद्यपि सहमतिको प्रयास भइरहेको बताइएको छ ।

प्रतिक्रिया