बुढीगंगामा ३ हजार ९३७ मत गणना, एमालेले अग्रता बढायाे

एमालेका रामबहादुर बानियाँ र कांग्रेसका रंगबहादुर खाती

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको नेकपा एमालेले अग्रता बढाएको छ । ३ हजार ९३७ मत गणना भइसक्दा मेयर र उपमेयर दुवैमा एमालेले अग्रता लिएको हो । पछिल्लो मतपरिणाम अनुसार मेयरमा एमालेका रामबहादुर बानियाँले १ हजार ७३२ र नेपाली कांग्रेसका रंगबहादुर खातीले १ हजार ३० मत पाएका छन् । मतान्तर ७०२ छ ।

उपमेयरमा एमालेकी मायाकुमारी खड्काले १ हजार ६८७ मत पाएकी छन् भने कांग्रेसकी रीता शाही (शाह) ले १ हजार ६७ मत ल्याएकी छन् । उपमेयरमा ६२० को मतान्तर छ ।

मत गणना सकिएका २ वडामा एमाले विजयी भएको छ भने वडा नम्बर २ मा पनि एमालेले अग्रता लिएको छ । बुढीगंगा नगरपालिकामा बिहीबार पुनः मतदान भएको थियो ।

प्रतिक्रिया