काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका बिहीबार सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । भानोदय नमुना माविमा मतगणन सुुरु भएको छ । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । करिब १३ हजार मतदाता रहेको बुढीगंगामा बिहीबार सम्पन्न निर्वाचनमा ९ हजार १२८ मत खसेको छ ।
मतगणना वडा नम्बर १ र १० बाट सुरु गरिएको छ । गत बैशाख ३० गते सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगले बुढीगंगामा पुनः मतदान गराएको हो ।
प्रतिक्रिया