काठमाडौं, । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा बिहीबार भएको मतदानमा पहिलेको भन्दा हजार मत कम खसेको छ। बैशाख ३० गते भएको निर्वाचनमा दश हजार ६ सय मत खसेको थियो। तर बिहीबार भने करिव नौ हजार मत खसेको संसाद कर्ण थापाले जानकारी दिए । सबै मतदान केन्दैबाट मतपेटिकाम बिहीबार बेलुकानै सकलन भइसकेको बताइएको छ। थपाका अनुसार अहिले केहीबेरपछि गणना शुरु हुने छ। यसका लागि सर्बदलीय बैठक जारी छ।
निर्वाचनमा एमाले र कांग्रेसका उम्मेदवार प्रतिस्पर्धी रहेको बुढीगंगामा एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन् भने कांग्रेसबाट रंगबहादुर खाती प्रमुख पदका उम्मेदवार छन् । खाती महान्याधिवक्ता खम्मबहादुर खातीका दाजु हुन र बानियाँ एमालेका प्रभावशाली नेता कर्ण थापाका नातेदार हुन् ।
बैशाख ३०मा विभिन्न मतदानस्थलमा बुथ कब्जा तथा धाँधलीका घटनाहरू भएपछि लामो समयसम्म दुवै दलबीच पुनः मतदान या मतगणना भन्ने विवाद भएको थियो । एमालेले मतगणना हुनुपर्ने अडान लिएको थियो भने कांग्रेसले पुनः मतदानमा जोड दिएको थियो । एमालेले मतगणनाको माग गर्दै सर्वोच्च अदालतसम्म मुद्दा गरेको थियो ।
प्रतिक्रिया