विनोद शाही मृत्यु प्रकरण : १० जनामाथि मुद्दा दायर

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको हत्या गरेको आरोपमा १० जनामाथि मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय अछामले पक्राउ परेका चार र फरार रहेका ६ गरी १० जनाविरुद्घ मुद्दा दायर गरेको हो । प्रहरीले पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई अदालतमा उपस्थित गराएको छ । यसैगरी फरार रहेका अक्कल शाही, सज्जन शाही, कर्ण शाही, शान्ति शाही, द्रौपती शाही र दानमति शाहीविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।


मेयर अम्बिका चलाउनेसहित नेत्रबहादुर शाही र रामबहादुर शाहीलाई भने अदालतमा उपस्थित गराइएन । सरकारी वकिलले उनीहरुमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ३१ अनुसारको प्रमाण नपुगेको भन्दै मुद्दा अगाडि नबढाएको बताइएको छ ।

दानमति जिल्ला समन्वय समितिको उपप्रमुख हुन् । पीडित पक्षले आरोपी भनेका र पक्राउ परेकी मेयर अम्बिका चलाउनेसहित नेत्रबहादुर शाही र रामबहादुर शाहीलाई भने अदालतमा उपस्थित गराइएन । सरकारी वकिल कौशल ढुंगानाले उनीहरुमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ३१ अनुसारको प्रमाण नपुगेको भन्दै मुद्दा अगाडि नबढाएको बताइएको छ ।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा घटना भएको बेला मेयर चलाउने धनगढी, नेत्रबहादुर शाही काठमाडौं र रामबहादुर शाही मंगलसेनमा भएको उल्लेख गरिएकाले उनीहरु घटनामा संलग्न रहेको प्रमाण नपुग्ने ठहर गर्दै उनीहरुमाथि मुद्दा नचलाउने निर्णय सरकारी वकिले गरेका हुन् ।

पीडित पक्षले भने मेयर अम्बिका चलाउने, नेत्रबहादुर शाही र रामबहादुर शाहीसहित १३ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको थियो । गत जेठमा घरबाट हराएको पाँच दिनपछि शाही मृत अवस्थामा फेला परेका थिए । चलाउने नेपाली कांग्रेसबाट निर्वाचित मेयर हुन् ।

प्रतिक्रिया