काभ्रे । काभ्रेमा आज (बुधबार) जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न भएको छ । जिल्ला समन्वय समिति काभ्रेका लागि भएको निर्वाचनमा गठबन्धनको तर्फबाट जिल्ला समन्वय समितिको संयोजकमा नेकपा एकीकृत समाजवादीका दीपक गौतम विजयी भएका छन् ।
उनले २२ मत पाए भने एमालेका उम्मेदवार कमला भट्टराईले ४ मत मात्र पाइन् । उपप्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रिमबहादुर तामाङ चयन भए । तामाङले नेकपा एमालेका उम्मेदवार राजेन्द्र केसीलाई पराजित गरे ।
सदस्यहरूमा गठबन्धनको तर्फबाट उठेका अप्सरा सिप्खान (ढुंगाना) चण्डिका मिजार, नीरबहादुर लामा, मंगलबहादुर तामाङ, कृष्णकुमारी राई, रस्मिता भण्डारी विजयी भएका छन् ।
काभ्रेका १३ स्थानीय पालिका २६ पदमध्ये १३ पदमा कांग्रेस, नेकपा माओवादी केन्द्र ८, नेकपा एमाले ४ र एकीकृत समाजवादी एक पदमा निर्वाचित भएका थिए । आजै निर्वाचित सबैले शपथ र पदभार गर्ने कार्यक्रम रहेको निर्वाचन कार्यालय जनाएको छ ।
प्रतिक्रिया