काठमाडौं । स्थानीय निर्वाचनमा गठबन्धन गरेका मुख्य दल नेपाली कांग्रेस र नेकपा माओवादीले गठवन्धनमा भएको सहमती विपरित सिन्धुली जिल्ला विकास समन्वय समितिको निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाका बिचमा स्थानीय तहका पालिका भागबन्ड गर्नुका साथै जिल्ला विकास समन्वय समितीको प्रमुख र उपप्रमुखमा पनि भाग लगाएका थिए । सहमती अनुसार प्रमुखमा नेकपा (एकीकृत समाजवादी) र उपप्रमुख जनता समाजवादीलाई दिने सहमती भएको थियो । तर, उक्त सहमती यति बेला कांग्रेस र माओवादीले तोडेर आफूहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
स्थानीय निर्वाचनका बेला नेकपा (एकीकृत समाजवादी) लाई ७ वडा अध्यक्ष दिने सहमती भएकोमा त्यसलाई पालना नगरेको (एकीकृत समाजवादी) सिन्धुलीका एक नेताले बताए । ‘स्थानीय निर्वाचनमा पनि सहति भए अनुसार हामीलाई वडा दिइनएन,’ ती नेताले भने, पूर्व सहमती अनुसार हामीलाई जिल्ला विकास समन्वय समितीको प्रमुख दिने निर्णय भएको थियो, अहिले त्यसलाई तोडेर प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेसले उम्मेदवारी दिए ।’ गठबन्धनमा भएको सहमती विपरित माओवादी र कांग्रेसले उम्मेदवारी दर्ता गराए पछि (एकिकृत समाजवादी) सिन्धुली आक्रोसित भएकाे छ । यसले आउने दिनमा पनि गठवन्धनले गरेका निर्णयलाई विश्वास गर्न कठिन हुने देखिन्छ ।
प्रतिक्रिया