अजम्वरी बुटी खाएको सरकारः केसी

काठमाडौं, १३ मंसिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपतिले दिएको समयसीमा भित्र नयाँ प्रधानमन्त्री चयन हुन नसक्ने दाबी गरेका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले तोकिएकै समयमा सरकारको नेतृत्वमा सहमति हुन नसके मुलुक अनन्तकालसम्म जान सक्ने आशंका ब्यक्त गरे ।
‘अहिलेको अवस्थामा विपक्षी दलहरुसँग सरकारको कर्तुत सहनु वा आन्दोलन गर्नुको विकल्प छैन,’ उनले भने, ‘मुलुकलाई अनिर्णयको बन्दी बनाउने बाहेक नयाँ केही हुन सक्दैन ।’
उनले मुलुकलाई निकास दिन जनआन्दोलनका सहकर्मी दलहरुबाटै नयाँ प्रधानमन्त्री खोज्नु पर्ने जिकिर गरे ।
‘सरकार अजम्बरी बुटी खाए जस्तो भएकाले निकास निस्कन सकेको छैन,’ नेता केसीले भने, ‘यो अवस्था आउनुमा एमाओवादी र कांग्रेस जिम्मेवार छन् ।’

प्रतिक्रिया