फोहोर व्यवस्थापन नभएसम्म अन्तर्वार्ता पनि दिन्न : बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले पदभार ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शपथ ग्रहण गरिसकेपछि उनी महानगरपालिकाको कार्यालय पगेर पदभार गरेका हुन् ।

त्यसक्रममा साहले काठमाडौंको मुख्य समस्या रहेको फोहोर व्यवस्थापन नभएसम्म खादा र माला नलगाउने पनि बताएका छन्। ‘काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म अन्तर्वार्ता पनि दिन्न’, उनले भने, ‘हामीले फ्याँकेको फोहोरका कारण सिसडोलबासीहरु क्यान्सरपीडित र छालाको रोगी भएका छन् । उनीहरुले स्वच्छ हावा र स्वच्छ पानी नभएसम्म म खादा र माला पनि लगाउँदिनँ ।’

प्रतिक्रिया