काठमाडौं २८ मा कांग्रेसका भाइराम खड्गी विजयी

काठमाडौं । पालिकाको वडा नम्बर २८ मा कांग्रेसले जितेको छ । निर्वाचन आयोगका अनुसार २८ नम्बर वडामा कांग्रेस उम्मेदवार भाइराम खड्गी प्रकाशले वडाध्यक्ष पदमा विजय हासिल गरेका हुन् । भाइरामले यो वडामा १२८२ पाएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका विपेन्द्र खड्गीले १०७३ मत पाएका छन्।

भाइराम यसअघि पनि यो वडाका वडाध्यक्ष थिए। यसअघि कांग्रेसले वडा नम्बर ३० मा जितेको थियो । कांग्रेसका दलबहादुर कार्कीले एमाले उम्मेदवार कृष्णभक्त खड्गीलाई हराएका थिए । अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५ एमालेले जितेको छ । अहिले ६, ७, ८, २७, २९, ३१ र ३२ वडामा मत जारी छ ।

प्रतिक्रिया