गठबन्धनलाई हराए बिरेन्द्रनगरमा एमालेका मेयर र उपमेयरले

काठमाडौं । नेपाली कांग्रेस र माओवादी बीचको गठबन्धनलाई हराउँदै नेकपा एमालेका भण्डारी मेयर र उपमेयरमा निलकण्ठ खनाल विजयी भएका छन् ।

भण्डारीले मेयरमा कांग्रेसका उम्मेदवार उपेन्द्र खड्कालाई ५५४ ले पराजित गरेकी छन् । उनले १६ हजार ३८ मत ल्याएकी छन् भने खड्काले १५ हजार ४८४ मत प्राप्त गरे । राप्रपाबाट मेयर उठेका मुकुन्दश्याम गिरीले १० हजार ६ मत ल्याएर तेस्रो भएका छन् ।

प्रतिक्रिया